जेठ २६ गते। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सुचना प्रकाशित गरेर कर्मचारी माग गरेको छ।
संस्थाले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइर शाखा प्रमुखका लागि केही, सुपरभाइजर प्रशिक्षर्थीका लागि केही, बरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नातक तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट https://guranslaghubitta.com.np/career/job-application-form/ मार्फत असार ७ गते भित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्यकेन्सी नोटिस





















Discussion about this post