धनुषा/जेठ १९ गते। धनुषामा वडाध्यक्षले महिलालाई कु टपिट गरेको आरोप लगेको छ।
धनुषाको विदेह नगरपालिका–४ ढाडीका वडाध्यक्ष वाजिब प्रमाणीले सोही वडाकी एक महिलाले कुटपिट गरेको आरोप लगाएकी छन् ।
विहीबार सासूसँग घरयासी विषयलाई लिएर विवाद भइरहेको अवस्थामा मोटरसाइकलमा आएका वडाध्यक्ष प्रमाणीले एक्कासी बाँसको लठ्ठीले कुटपिट गरेको आरोप खातुनले लगाइन् ।
वडाध्यक्षको कुटपिटबाट टाउको तथा हातमा सुन्निएको छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको उनले महिलाले जानकारी दिइन् । अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारपछि आफू घर फर्किएको खातनुले भनिन् ।
ती महिलाले आफूमाथि कुटपिट भएको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् ।
















Discussion about this post