जनकपुरधाम/जेठ १२ गते । आरती साहको हत्या दाइजोको निहुँमा हत्या भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-९ की आरतीको शव घरमै झुण्डिएको अबस्थामा जेठ ७ गते आइतवार बेलुका फेला परेको थियो । उनको शरिरभरी जताततै निलडाम देखिएकोले हत्या गरिएको दावी माइत पक्षको छ ।
२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप उनका बुवा बिनोद प्रसाद साहले लगाउँदै प्रहरीमा किटानी जाहेरी समेत दिए । तर प्रहरीले जाहेरी दर्ता नगरेपछि न्याय माग्दै आरतीका आफन्त र स्थानीय आज प्रदर्शन गरेका छन् ।
‘आरती साहलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेर उनीहरु सरकारी वकिल कार्यालय अगाडी प्रदर्शन गरे । आरतीको हत्याको विहानपल्ट पनि उनीहरु सडक जाम गरेर आन्दोलन गरेको थियो ।
प्रदर्शनमा सहभागीहरुले आरतीको हत्या भएपनि आत्महत्यामा परिणत गरी अपराधीलाई उम्काउने खेल भइरहेको आरोप लगाएका छन् ।
दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका-३ का मोतीबाबु साहसँग भएको थियो ।
आरतीका बुवा विनोदका अनुसार छोरीको विहेमा २५ लाख खर्च गरेको र त्यतिले पनि नपुगेको भन्दै पहिले पनि पटक पटक यातना दिएको थियो ।
















Discussion about this post