जनकपुरधाम/जेठ ५ गते। सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने जानकारी दिएका हुन् ।
उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने समेत बताए । राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने समेत उनले बताए । गोरखामा जीवन्त संग्रहालय बनाउने बताए । नेपालको सम्पदाको संरक्षण गर्दै पर्यटनको क्षेत्रको विकासमा सरकारले काम गर्ने उनले जानकारी दिए ।
















Discussion about this post