nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : रोक्का जग्गा व्यक्तीको नाममा नामसारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०८०, ९:४३ मध्यान्ह
मालपोत कार्यालय धनुषाबाट बिचौलिया प क्राउ

धनुषा/बैशाख ३० गते। मिथिला नगरपालिका ४ पोष्पलपुरकी लक्ष्मीनियाँ ठाकुर चार वर्षदेखि जनकपुरधाम धाइरहेकी छन् । कहिले मालपोत त कहिले अदालत धाउने उनको दैनिकी जस्तै भएको छ ।

लक्ष्मीनियाँ विहीबार र शुक्रबार पनि भुमी सुधार तथा मालपोत कार्यालय धनुषामा काम हुने आशले पुगेकी थिइन् । तर मुद्दा फाँटका कर्मचारी बब्लु कापर विदामा भएको कारण उनको काम हुन सकेनन् । र, कार्यालय प्रमुख ताइब राइनले सदाझै अर्को दिन काम हुने आश्वासन दिएर उनलाई फर्काए । यसरी नै लक्ष्मीनियाँ चार वर्षदेखि मालपोतको चक्कर लगाइरहेकी छन् । तर, काम हुन सकेको छैन् ।

जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीहरु कार्यान्वयन नगर्दा उनको बुबा हरिदेव ठाकुरको अंशमा पर्ने जग्गा नै विक्रि भइसकेको छ । विक्रि मात्रै होइनन् हरिदेवको भाई कमलदेवले बैंकमा धितोसमेत राखिसकेका छन् । अदालतले ०७६ चैत ३ गते दाखा दार्ता भएकाले पुर्वत अवस्था कायम गरिदिन कार्यालयलाई पत्राचार गरे । उक्त पत्र लिएर लक्ष्मीनियाँ भोली पल्टै मालपोतमा गएर बुझाइन् । तर कार्यालयले उक्त पत्र बुझेपनि न कार्यान्वयन गरे, न सो बारे अदालतलाई जानकारी दिए ।

उता लक्ष्मीनियाँले मालपोत कार्यालयले पत्र बुझेको कारण जग्गा विक्रि नहुने भनेर विश्वस्त थिइन् । तर जग्गा रोक्का भएको एक वर्ष नबित्दै हरिदेवका दाई कमलदेव ठाकुर वरहीले जग्गा विक्रि गरिसके भने करिव दश कठ्ठा जमिण बैंकमा धितो राखेका छन् । मालपोतको कर्मचारीहरु कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरुको नाममा नामशारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।

०७८ साउन २६ गते पुष्पवलपुर ५ को २८७ किता नम्बर कमलदेव ठाकुरको नामबाट नातामा शाली (श्रीमतीको दिदि) गिता देवी ठाकुरलाई एक कठ्ठा तीन धुर २५ कन्मा नामशारी भएको देखिन्छ । यस्तै, सोही मितिमा पुष्पलपुर ४ ‘क’ ५०४ किता नम्बरको दुई कठ्ठा दश कन्मा पुनः गिता देवीकै नाममा नामशारी गरिएको छ । यी दुई कितामा ऋण नलिएको कारण नाशारी बदर भयो । तर, ९ कठ्ठा १२ धुर ३५ कन्मा जग्गा बैंकमा धितो रहेको कारण नामशारी बदर हुन सकेनन् । ०७८ भदौ ४ गते १०९ र ११० किता नम्बर कमलदेवको श्रीमती सुनिता देवीको नामबाट शिव कुमारीको नाममा दुई कठ्ठा १६ धुर चार कन्मा जग्गा नामशारी भएको देखिन्छ । यी दुई किता साना किसान कृषि सहकारी संस्था लिमिटेड पुष्पवलपुरमा धितो रहेको कारण नामशारी बदर भएको छैनन् ।

यस्तै, किता नम्बर ४९०,४९३ र ४९६ किता नम्बर कमलदेवको नाममा रहेको जग्गा सिभिल बैंक ढल्केवरमा धिता रहेको छ । यी जग्गा पनि मालपोत कर्मचारीकै लापरवाहीको कारण रोक्का हुन सकेनन् । अदालतको पत्र मुद्दा फाँटका कर्मचारी श्यामबाबु मण्डलले बुझेका थिए । उनी अहिले सोही कार्यालयमा अर्को फाँटमा कार्यरत्त छन् भने अर्का बैद्यनाथ महतोले सरुवा गराइसकेका छन् । तत्कालिन कार्यालय प्रमुख सुनिल झा अहिले घुस लिएकै आरोपमा थुनामा छन् भने झा पछि आएका साबिर महतोको एक साताअघि सरुवा भएर अहिले ताइव राइन कार्यालय प्रमुख छन् । यी अवधिमा तीन कार्यालय प्रमुख आएपनि लक्ष्मीनियाँको समस्या याथावत छन् ।

कर्मचारी जोगाउन आलटाल

कुन कर्मचारीले अदालतको अवहेलना कार्य गरेको भनेर जिल्ला अदालत धनुषाले ०७८ फागुण ६ गते हाल सम्म तीन वटा पत्र मालपोत कार्यालयलाई पठाएका छन् । तर कार्यालयले हाल सम्म त्यसको जवाफ दिइरहेका छैन् । कर्मचारी नै दोषी देखिएपछि उनीहरु संरक्षण दिनको लागि उक्त फाँटको कर्मचारीको विवरण दिन मानेका छैन् । मुद्दा फाँटका कर्मचारी बब्लु कापरले कानूनी ज्ञान नभएको कारण समस्या देखिएको बताए । कर्मचारीहरु कानूनीज्ञाता नभएको कारण गल्ती भएको उनले स्वीकार गरे पनि धितो बाहेकको जग्गा नाशारी बदर भइसकेको भन्दै गोलमटोल कुरा गरे । दोषी कर्मचारीको विवरण तुरुन्तै कार्यालय प्रमुखसँग छलफल गरेर दिने उनले आश्वासन दिए । स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि