जनकपुरधाम/बैशाख १८ गते । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृ त्यु र एक घाइते भएपछि अबस्था तनावग्रस्त बनेको छ ।

स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् । स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
प्रदेश २–०३–००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षिय बालक रियान यादवकोे घटनास्थलमै मृ त्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राधी कुमारी एक बालिका घाइते भएका छन् । उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको छ ।
दुर्घटनापछि टिपरका चालक फ रार भएका छन् । स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
















Discussion about this post