nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ८, २०८०, १२:२७ मध्यान्ह
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

बैशाख ८ गते। मधेस प्रदेशअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–२ का मधेसी दलित युवा महादेव पासवानले पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेका छन्। इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) ले लिएको प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

महादेवले महोत्तरीको लचमु माध्यमिक विद्यालय जलेश्वरबाट ४।० जिपिए ल्याई एसइई उत्तीर्ण गरेका हुन्। २०७६ सालमा एसइई उत्तीर्ण गरेका उनले जनकपुरधामको राजर्षि जनक क्याम्पसबाट २०७९ मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनले कक्षा ११ मा ३।७१ जिपिए र कक्षा १२ मा ३।३० जिपिए ल्याएका थिए ।

विक्रम पासवनका तीन सन्तानमध्ये महादेव दोस्रा हुन्। महादेवकी दिदीको विवाह भइसकेको छ। कान्छा भाइले यसपालि एसइई दिए। महादेवको स्कुल, कलेज र मेडिकल तयारी बहुत मुस्किलले गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारको जग्गाजमिन छैन।

सम्पत्तिका नाममा ओत लाग्ने एउटा सानो घर छ। कक्षामा पहिलो हुने भएकाले स्कुल पढ्दा महादेवलाई खर्च लागेन। ‘छोरा सधैं कक्षामा प्रथम हुँदै आएकाले कापीकलम पनि किन्नुपर्दैनथ्यो,’ विक्रम भन्छन्, ‘पूर्ण छात्रवृत्ति दिइएको थियो। घरबाटै कलेजको बसले ल्याउने–पु-याउने गथ्र्यो।

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि काठमाडौं गई नेम्समा पढ्ने धोको महादेवको थियो। तर आवश्यक रकम जुटाउन नसक्दा उनले थोरै शुल्कमा अनलाइनमार्फत पढ्ने निधो गरे। कमजोर आर्थिक अवस्था भए पनि क्षमतावान् विद्यार्थी भनेर पहिचान गरेपछि नेम्सले अनलाइन पढाइबापतको शुल्क लिएन।

घरमै राम्ररी अध्ययन गरेर उनी एमबिबिएसमा दलित मधेसी आरक्षण कोटामा नाम निकाल्न सफल भए। एमबिबिएसको प्रवेश परीक्षामा ८६.५ अंक ल्याएका उनले पूर्ण छात्रवृत्तिमा कर्णाली प्रदेशको मेडिकल कलेजमा पढ्ने अवसर पाएका छन्। आफूले खुलामै नाम निकाल्न सक्ने भए पनि आरक्षणको व्यवस्थाले समय बचाइदिएको महादेव बताउँछन्। उनका अनुसार खुलामा नाम निकाल्न अर्को वर्ष वा त्योभन्दा बढी समय पर्खनुपथ्र्यो।

छोराले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालेको विक्रम खुसीसँगै चिन्तित छन्। चिन्ताको कारण हो, खर्च व्यवस्थापन। छोरालाई कर्णाली पठाउँदा लाग्ने खर्चको जोगाड गर्न नसकेर उनी रन्थनिएका हुन्। ‘किताब, कापी, बस्नेखाने खर्च आफैंले बेहोर्नुपर्छ,’ उनी भन्छन्, ‘छोराले आफ्नो काम गरिसक्यो। अब मेरो पालो छ। कहाँबाट खर्च जोहो गर्नु भन्ने भइरहेको छ। मेरै कारणले छोराको डाक्टर बन्ने सपना पूरा नहुने हो कि भन्ने डर छ।’  यो समाचार नागरिक दैनिकमा छ ।

Tags: पत्रपत्रीका

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि