nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुनसरी : ५० वर्ष पुरानो बस्तीमा एकैचोटि १० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०८०, ८:३२ मध्यान्ह
सुनसरी : ५० वर्ष पुरानो बस्तीमा एकैचोटि १० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती

बैशाख ६ गते । अदालतले रिट खारेज गरेको २४ घण्टा नबित्दै सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका– ५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ ।

नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीका अनुसार नगरपालिकाको नाममा रहेको जग्गामा निर्माण भएको संरचना खाली गराउन सूचना जारी गरे पनि स्थानीय वासिन्दाले ठाउँ छाड्न मानेका थिएनन् । नगरपालिकाले एक्कासी डोजर प्रयोग गर्दा दुहबी बजार क्षेत्र मंगलबार दिनभर तनाबग्रस्त बनेको थियो ।

नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेको संरचना हटाउन गत पुसमा ३५ दिने सूचना जारी गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले पुस १५ गते उच्च अदालत विराटनगरमा नगरपालिकाको सूचना विरुद्ध रिट दायर गरेका थिए ।

वैशाख ४ गते उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी  र किरणकुमारी गुप्ताको इजलासले रिट खारेज गरेपछि नगरपालिकालाई संरचना भत्काउने बाटो खुलेको थियो । रिट खारेज भएपछि कार्यपालिका बैठक बसेर भत्काउने निर्णयलगत्तै डोजर प्रयोग भएको चौधरीले बताए  ।

उनका अनुसार डोजर प्रयोग गरेर खाली गराइएको क्षेत्रमा २०३० साल भन्दा अगाडिदेखि बसोबास गरिरहेका मानिसहरु थिए । सुरुमा झुप्रा संरचना बनाएर बसेको पातलो बस्तीमा बजार बढेपछि संरचना र बस्ती थपिएको थियो ।

संरचना हटाएको स्थानमा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने पालिकाको तयारी छ । ‘त्यहाँ अब मल बन्छ, त्यसको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ’, प्रवक्ता चौधरीले भने, ‘उच्च अदालत विराटनगरले नगरपालिकाको पक्षमा फैसला गरेपछि संरचना हटाउन सहज भयो ।’ अब सपिङ कम्प्लेक्स निर्माण भएपछि विस्थापितलाई नै मलभित्र व्यवसाय गर्नका लागि प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोधका कारण विराटनगर धरान जोड्ने ६  लेन सडकको काम दुहबी खण्डमा अगाडि बढेको छैन । दुहबीबाट दक्षिण तर्फको क्षेत्रमा ६ लेन सडक निर्माणको काम भइरहेको छ । उत्तरतर्फ पनि काम अन्तिम चरणमा छ ।

दुहबी बजार क्षेत्रको करिब २ किलोमिटर खण्डमा सडक विस्तारको काम अघि बढेको छैन । सडक निर्माण नहुँदा दुहबी बजार क्षेत्रमा ट्राफिक जाम छ । नगरपालिकाले खाली गराएको क्षेत्र ६ लेन सडकको क्षेत्रभित्र नै पर्छ ।-अनलाईनखबर बाट

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि