सप्तरी/चैत २७ गते । विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर तीन महिला र एक पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २० पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९ पुगेको छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यसैबीच आइतबार बिहान जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ प्रसवनि नयाँ टोल बस्ने छुतहरु मरिककी ३० वर्षिया श्रीमति कंचन मरिकले पनि विषादी सेवन गरेकी छिन् ।
प्रहरीका अनुसार घरायसी बिषयमा श्रीमान श्रीमति बीच भएको बादविबादपछि केसाईक्रिन नामक विषादी सेवन गरी उनी बिरामी परेकी छिन् । उनको स्थानिय अहिर अस्पताल जन्डोलमा उपचार भईरहेको छ ।
यस्तै आइतबारै बिहान जिल्लाको राजगढ गाउँपालिका ६ कनकट्टा बस्ने आभाष मियाँका छोरा १५ वर्षिय छोरा मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरेका छन् ।
उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार तथा घटना बारे थप अनुसन्धान कार्यभइरहेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लाको महादेवा गाउँपालिका ४ बलिया टोल निवासी अरबिन्द गिरीकी २२ वर्षिया श्रीमती राखि गिरीले शनिबार विषादी सेवन गरेकी छिन् । नाम नखुलेको बिषादी सेवन गरेकी उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post