सप्तरी/चैत २७ गते । सप्तरीको राजबिराज नगरपालिका वडा नं. २ झलहि नहरमा आइतबार बिहान एक मोटरसाइकलले अर्को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुबै मोटरसाइकलका चालकसहित छोराछोरी घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.५प.६४३० नं. को मोटरसाइकललाई पछाडिबाट बीआर५०आर७७३० न. को. मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.५प.६४३० न.को मोटरसाइकल चालक राजविराज ११ का ३० वर्षिय जय प्रकाश यादव, पछाडि सवार उनकी १० वर्षिया छोरी किरण कुमारी यादव र ७ वर्षिय छोरा मनिष कुमार यादव घाइते भएका छन् ।
यस्तै बीआर५०आर७७३० न. को. मोटरसाइकल चालक तलाठि कोईलाडि २ लौनिया निवासी ४५ वर्षिय भुपेन्द्र कुमार मंडल पनि घाइते भएका छन् ।
चारै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको तथा दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post