सप्तरी/चैत २० गते । सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीस्थित भित्री सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बाछीको मृ त्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको स.८प.६४८३ न.को मोटरसाइकलले ठक्कर दिँदा बाछिको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रामनाथ यादव घाइते भएका छन् । प्रहरीका अनुसार ठक्करबाट ज्यान गएको बाछीलाई घरकै जमिनमा खाल्टो खनि पुरेको अवस्थामा फेला परेको हो ।
यसैगरि जिल्लाको बलानबिहुल वडा नं. ४ पासवान टोलस्थित प्र.२–०१–००१त.२५५० नं. को ट्रयाक्टर घरबाट निकाल्ने क्रममा लडेर चालक घाइते भएका छन् । ट्याक्टरधनी स्थानिय ३५ वर्षिय संजित मण्डलको घरबाट ट्याक्टर चालक ३१ वर्षिय अजय खङ मापसे गरि आफै लडि घाईते भएको प्रहरीले जनाएको छ ।
















Discussion about this post