सप्तरी/चैत ८ गते । सप्तरीको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृ त्यु भएको छ । सो दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
मृ त्यु हुनेमा स्थानिय खेस्राहा निवासी ५५ वर्षिय साइकल यात्री मो. ईब्राहिम मियाँ रहेका छन् । बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको स.१०प.३५२४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ७ कल्याणपुर निवासी १९ वर्षिय अफ्रोज मियाँ र मोटरसाइकल पछाडी सवार स्थानिय २० वर्षिय मो. सनाबुल घाइते भएका छन् ।
घाइते दुबै जनाको युनिक अस्पताल रुपनी सप्तरीमा उपचार भईरहेको छ भने सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगरतर्फ लादै गर्दा साईकल यात्री मो. ईब्राहिम मियाँको बाटोमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post