जनकपुरधाम/फागुन १५ गते । धनुषा प्रहरीको हिरासतबात बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त फ रार भएका छ्न् ।
बलात्कार मुद्दामा प क्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् ।
मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहँदा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फ रार भएका छन् ।
फ रार मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। उनीहरूमध्ये दुईजना अझै प क्राउ पर्न सकेका छैनन् ।
















Discussion about this post