nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०७९, ८:४२ मध्यान्ह
धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

धनुषा/फागुन १ गते ।  १७ वर्षीय अमृत राउत झोलाभरि कागजातहरू बोकेर सरोकारवालालाई गुहार्दै आफ्नो दुखेसो सुनाएर समय बिताइराखेका छन्। पढ्ने, लेख्ने उमेरमा राउत तनाव, रिस र आवेग बोकेर परिवारलाई न्यायका लागि लड्दै छन्। दर्जनौं सरोकारवाला व्यक्तिहरूलाई आफ्नो पीडा सुनाइसकेका राउतको समस्या कतिले सुनेर पनि नसुनेझैं गर्छन्। कतिले कुनै अर्कै निकायमा जानुस् भनेर आश्वासन दिएर पठाउँछन्। तर, उनको समस्या समाधानतिर न राज्य गम्भीर छ न त प्रशासन नै।

नगराइन नगरपालिका—९ घोडघाँसका अमृतको जीवन ५ वर्ष पूर्वसम्म सामान्य नै थियो। उनी नियमित विद्यालय पनि जान्थे। पढेर राम्रो जीवन बिताउने सपना देख्थे। तर, वैदेशिक रोजगारीमा गएका उनका बुवा शिवरतन राउतको विदेशकै भूमिमा ह त्या भयो। त्यसपछि उनको परिवार नै अस्तव्यस्त भएको छ। शिवरतन ७ वर्ष साउदी अरबमा काम गरी घर फर्किएका थिए। गाउँमा ७/८ महिना जति बसेपछि उनी फेरि वैदेशिक रोजगारका लागि कतार गए। तर, कतार गएको ७ महिनामै त्यतै ह त्या भयो।

शिवरतनको २०१८ पुस ८ गते कतारमा मृ त्यु भयो। नेपाली राजदूतावासको मिति २०७६ साउन २१ गतेको पत्रअनुसार कपिलकोट—४, सिन्धुली निवासी नेपाली नागरिक कमल थिङलाई राउतको ह त्याको आरोपमा कतारको प्रहरीले थुनामा राखी कारबाहीसमेत अगाडि बढाएको थियो। राउत कार्यरत कतारको कम्पनीले दूतावासमा पेस गरेको पत्रअनुसार थिङले नै राउतको ह त्या गरेको उल्लेख थियो।

कतारको अदालतले २०१८ फागुन २८ मा थिङलाई ३ वर्षको जेल सजाय र मृतकको परिवारलाई प्राप्त गर्ने गरी २ लाख कतारी रियाल ब्लडमनीको सजाय सुनाएको थियो। तर, थिङले अदालतको सो निर्णयविरुद्ध पुनरावेदन गर्दै नियतबस नभई दुर्घटनाबस राउतको मृ त्यु हुन गएको बिन्ती अदालतमा पेस गरेपछि २०१९ असार ४ गते थिङको सजायलाई ३ वर्षबाट ६ महिनामा सीमित गरियो। तर, ब्लडमनी भने यथावत राख्ने निर्णय गरियो।

थिङले ६ महिनाको जेल सजाय कतारमा भोगे र ब्लडमनी नबुझाएसम्म कतार छाड्न नपाइने अदालतको निर्णयबमोजिम कम्पनीकै क्याम्पसमा बसिरहेका थिए। तर, कोभिड महामारीका बेला प्रशासनको थिङ कतारको प्रशासनलाई झुक्याएर नेपाल फर्किए। उनले राउत परिवारलाई तिर्नुपर्ने ब्लडमनीबापतको २ लाख कतारी रियालसमेत तिरेनन्।

यता, बुवाको ह त्यापछि घरमा चरम आर्थिक अभावका कारण पढाइलेखाइसमेत छाड्न बाध्य भएका अमृत र उनका दाजु राजन राउत न्याय पाउन पटक–पटक नेपाली राजदूतावासको शरणमा पुग्यो। हामीले ३ लाखभन्दा बढी ऋण लिएर पटक–पटक कन्सुलरमा गयौं। तर, कुनै सुनुवाइ भएन्,’ निराश भएका अमृतले भने, ‘अब त ह त्या गर्ने मान्छे पनि नेपाल फर्किसकेको छ। अब त्यो ब्लडमनी पाउने आस पनि छैन।  तर, यसरी कसैको ह त्या गरेर, परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?’

यता २०७९ साउन २६ गते कन्सुलर सेवा विभाग, काठमाडौंले राउत परिवारलाई उपलब्ध गराएको पत्रमा मृ तक शिवरतन राउतको ह त्या आरोपमा थुनामा रहेका एवं ब्लडमनी तिुर्नपर्ने निर्णयमा परेका थिङ ब्लडमनी भुक्तान नहुँदै नेपाल पुगेको विषयमा कतारको कुनै निकायबाट यस नियोगलाई जानकारी प्राप्त नभएको उल्लेख छ। पत्रमा लेखिएअनुसार ‘सामान्यतया कतारमा कुनै अभियोगमा अदालतबाट निर्णय भई कसूररदार ठहरिएका व्यक्तिलाई कतार छोड्न नमिल्ने गरी कतार सरकारले व्यवस्था गरेको हुन्छ। तथापि, यदाकदा केही व्यक्ति ब्लडमनी नतिरेकै अवस्थामा समेत कतारबाट आफ्नो मुलुक फर्कन सकेको पाइएको छ।’

पत्रमा उल्लेखित विषयमा आरोपित कमल थिङको सम्बन्धमा निजको कतार आईडी रद्द भइसकेको र निज ५८९ दिनदेखि कतारमा नरहेको पाइएको छ। यस परिस्थितिमा मृतकका कानुनी हकदारले आरोपितबाट पाउनुपर्ने ब्लडमनी तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आरोपित व्यक्ति कतारमै नरहेको हुँदा ब्लडमनी तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया यहाँबाट थप अघि बढ्न नसक्ने व्यहोरा निर्देशानुसार अनुरोध छ।

कन्सुलर सेवा विभागका द्धितीय सचिव भुवनप्रसाद भट्टको हस्ताक्षर रहेको पत्र राउत परिवारलाई थमाएर दुूतावास आफ्नो दायित्वबाट पन्छिन खोजेको छ। तर, नेपाल फर्किसकेका आरोपी थिङलाई नेपालमै भए पनि ब्लडमनी तिराउनुपर्ने र आफ्नो परिवारले न्याय पाउनुपर्ने माग अमृतको छ।
‘मलाई सबैले अदालतमा गएर मुद्दा दर्ता गराउन भन्छ। तर, परिवारको आर्थिक अवस्था निकै कमजोर भइसकेको छ। हामी जेनतेन जीविका चलाइराखेका छौं। यस्तोमा मुद्दामामिलाको खर्च कसरी टार्ने ?,’ अमृतले भने, ‘दूतावासले हत्यारालाई कारबाही गराउनुभन्दा पनि मुद्दालाई कमजोर पार्ने काम गरेको छ।’

Tags: देशको खबरधनुषा खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!