nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको ऋणले गाउँ छाडेर बेपत्ता

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २६, २०७९, १२:४७ मध्यान्ह
लघुवित्तको ऋणले गाउँ छाडेर बेपत्ता

कान्तिपुर दैनिकबाट/माघ २६ गते। डडेलधुराको अमरगढी–६ छचोडाका घनश्याम ताम्राकारको घरमा ताला लागेको छ । लघुवित्तका कर्मचारीले रातदिन खेद्न थालेपछि उनी श्रीमतीसहित बेपत्ता भएको दुई महिना भयो । ७० वर्षीया आमा मानी ताम्राकार छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी छन् ।

परम्परागत तामाका भाँडा बनाएर बिक्री गर्न घनश्याम गाउँ–गाउँ जान्थे । गाउँतिर हिँडेका बेला तिर्न नसकेको ब्याज पनि साँवामा जोडिन थालेपछि उनी ऋणको जालोमा परे । ब्याजको पनि स्याज तिनुपर्ने चंगुलबाट उम्कन उनी भागे । वृद्धा आमाले गोठमा भएका चौपाया सबै बिक्री गरिसकिन्, उनको जीवन नै अन्योलमा छ । ‘तामाका भाँडा बनाउनाई ऋण लिया हो । साँवा है बढ्ता ब्याज भयो । ऋण तिद्द सकेइन, स्वानी लैजाइबर काँ गयो जान्नैन ९तामाका भाँडा बनाउन ऋण लिएको हो तर साँवाभन्दा ब्याज बढ्ता भयो, ऋण तिर्न सकेन, श्रीमती लिएर कहाँ गयो थाहा छैन०,’ उनले भनिन् । घनश्यामले अरू उपाय खोज्नुपर्ने हो, तर भागे भनेर छिमेकीहरू विस्मात् मान्छन् । ऋण तिर्न नसकेर बेपत्ता भएका उनी एक्ला भने होइनन् । दुई सय बढी दलित परिवार भएको उक्त गाउँका दुई दर्जन परिवारको उठिबास लागेको छ ।

समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साँवामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरूका कारण डडेलधुरामा मात्रै ४० भन्दा बढी परिवार बेपत्ता भएका घटना सार्वजनिक भएका छन् । गाउँमा बसेकाहरू भने लघुवित्तले ज्यादती गरेको भन्दै संघर्ष गर्न समिति नै बनाएका छन् । अमरगढी–८ खनमाडाका गोविन्द पार्की, शेरुवा पार्की मात्र होइन, अमरगढी–९ ढाटगाउँका विष्णु पालको परिवारको पनि अहिले अत्तोपत्तो छैन ।

‘पालले कुखुरा पाल्न लघुवित्तबाट ऋण लिएका रहेछन् । एउटै व्यक्तिलाई छिमेकी लघुवित्त, निर्धन लघुवित्त, स्वदेशी लघुवित्त, नाडेप लघुवित्त र किसान लघुवित्तले ऋण दिएका रहेछन् । तर, कुखुराबाट आम्दानी भएन, उता ब्याजको स्याज बढेपछि ऋण तिर्न नसकेर परिवारसहित भागे भन्ने उजुरी आएको छ,’ लघुवित्त संस्था पीडित संघर्ष समिति डडेलधुराका अध्यक्ष जगत सार्कीले कान्तिपुरसँग भने ।

पालका दुई दाजु भारतमा काम गर्थे । उनीहरू गाउँ आएका बेलामा लघुवित्तका कर्मचारीले पैसा तिर्न दबाब दिए । ‘तिम्रा भाइले ऋण खाएको हो, ऊ भागेपछि तिमीहरूले तिर्नुपर्छ भनेर अत्ताएपछि दुवै दाजु पनि श्रीमती र परिवारसहित भागे, उनीहरू पनि सम्पर्कमा छैनन्,’ सार्कीले भने ।

डडेलधुराका १६ लघुवित्तमा ३२ हजारभन्दा बढी सदस्य लघुवित्त समूहमा आबद्ध छन् । तीमध्ये अधिकांश महिला ऋणी हुन् । सुदूरपश्चिममा कैलाली, कञ्चनपुर र अरू पहाडी जिल्लामा गरी लघुवित्त संस्थाहरूसँग समूहमा जोडिएका महिला–पुरुषको संख्या ७ लाख बढी रहेको अनुमान छ ।

लघुवित्तबाट पीडितहरूले गठन गरेको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष मणि चौलागाईं भन्छन्, ‘कैलाली र कञ्चनपुरमा मात्र दुई वर्षयता यसरी आत्महत्या गर्नेको संख्या ४४ छ । जसमध्ये १२ पुरुष र अरू सबै महिला छन् ।’ उक्त संघर्ष समितिको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लघुवित्तको ऋणका कारण घरबार गुमाएर आत्महत्या गर्नेको संख्या ३४ छ ।

समितिका अनुसार डडेलधुरामा ३, बझाङमा ७, अछाममा ५, बाजुरामा ८ र दार्चुलामा ११ जनाले आत्महत्या गरेका छन् । ‘यो संघर्ष समितिका जिल्ला समितिहरूले पठाएको तथ्यांक हो,’ चौलागाईंले भने, ‘आर्थिक कारणले आत्महत्या गरेको यकिन गरेपछि मात्र यो तथ्यांक हामीले सार्वजनिक गरेका हौं ।’ ५५ जिल्लामा लघुवित्तको ज्यादतीविरुद्ध संघर्ष गर्न समिति बनेको चौलागाईंले बताए । आउँदो फागुन १ देखि देशव्यापी आन्दोलन सुरु गर्नॅअघि सबै तथ्यांक सार्वजनिक गर्ने पनि उनले बताए ।
डडेलधुरा पोखराकी हरिना पार्कीले एक लाख ऋण लिइन् । समूहको निर्णय गराएर लघुवित्तले ८० हजार घरमै आएर बुझायो । बाँकी २० हजार सेवाशुल्क र एक महिनाको किस्ता भन्दै उनीसँग अग्रिम लिइयो । १३ महिनासम्म प्रत्येक महिना १० हजारका दरले किस्ता कायम भयो । उनले १ लाख ३० हजार किस्ता तिरिन् । लघुवित्तले सुरुमा काटेको २० हजार पनि त्यसैमा जोडियो । उनले बुझेको ८० हजार ऋण १३ महिनामा १ लाख ५० हजार तिरेपछि मात्र उनले मुक्ति पाइन् । ग्राहकले कुनै महिना किस्ता वा ब्याज बुझाउन नसके किस्ता र ब्याज रकम साँवामा जोडिन्छ ।

त्यतिमात्र होइन, जोडिएको साँवा र किस्ताको अलग्गै जरिवाना पनि तिर्नुपर्छ । ऋण र ब्याज असुल गर्न लघुवित्तले घरमा भएका बस्तुभाउदेखि जग्गासमेत आफैं बिक्री गराएर लैजाने गरेको पीडितहरूको गुनासो छ । ‘सुरुमा गाउँ–गाउँमा आएर महिलाका माझ समूह बनाउने, दैनिक बचत गर्ने आवश्यकता भएका समय सहज रूपमा ऋण पाइने भएपछि महिलाहरू आकर्षित भए,’ हरिनाले भनिन्, ‘राम्रै लागेर सदस्य भएँ । बाख्रा पाल्न एक लाख ऋण पनि लिएँ । पछि मात्र थाहा भयो कसरी लुटिने रहेछ भनेर ।’ मुस्किलले मुक्ति पाएको उनले बताइन् । उनले भनिन्, ‘मेरो गाउँमा मजस्ता दर्जनौं महिला लघुवित्तको चंगुलमा फसेर बर्बाद भइसकेका छन् ।’ बेपत्ता हुने, आत्महत्या गर्ने धेरैजसो ५ लाखभन्दा बढी ऋण लिएर घरवारविहीन भएका ऋणीहरू रहेको पनि हरिनाले बताइन् ।

लघुवित्त संस्था पीडित संघर्ष समिति डडेलधुराका अध्यक्ष सार्की सर्वसाधारण महिलाहरूलाई टार्गेट गररे ऋण दिने र कहिल्यै असुल नहुने गरी चक्रबर्ती ब्याज लगाउने गरिएको बताउँछन् । सार्की डडेलधुरामा मात्र १५ वटा लघुवित्तीय संस्था ग्रामीण भेकमा सक्रिय रहेको बताउँछन् । हरेक लघुवित्तको एउटै मापदण्ड नभए पनि अधिकांशले सर्वसाधारण महिला घरबारविहीन हुन थालेको पनि उनले बताए । ‘पहिले यहाँ व्यक्तिका हलिया हुन्थे, अहिले लघुवित्तले हलिया बनाएको छ,’ उनले भने ।

तर, लघुवित्तीय संस्थाहरू भने यस्ता आरोप तथ्यहीन भएको दाबी गर्छन् । डडेलधुरामा ०७१ देखि काम गरिरहेका छिमेक लघुवित्त वित्तीय संस्थाका अधिकृत हेमराज बस्नेत भन्छन्, ‘कहीं कुनै संस्थाबाट केही गल्ती भएको हुन सक्छ, समग्रमा बाहिर आएजस्तो सत्य होइन ।’ लघुवित्तीय संस्था पनि कानुनअन्तर्गत रहेकाले कुनै त्रुटि वा ज्यादती गरे नियमन गर्ने निकाय पनि रहेको उनले बताए । ‘अपवादका रूपमा केही घटना भएनन् भन्न सकिँदैन,’ बस्नेतले भने ।

देशभरि लघुवित्तीय संस्था खारेज गर्नुपर्ने माग राख्दै फागुन १ गतेबाट देशव्यापी आन्दोलनको तयारी गरिरहेको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष मणि चौलागाईं लघुवित्तका कारण सर्वसाधारणले भोग्नुपरेका कठिनाइका विषयमा धेरैलाई जानकारी नभएको बताउँछन् । चौलागाईंले भने, ‘नियमन गर्ने संस्था नेपाल राष्ट्र बैंक, लघुवित्तीय संस्थाका सीईओहरू र पीडित पक्षबीच गत भदौमा भएको वार्तामा सबै कुरा हामीले राखेका हौं तर यसको कुनै सुनुवाइ नै हुन सकेको छैन ।’

लघुवित्तीय संस्थाको कार्यशैली र मिटरब्याजभन्दा पनि चर्को ब्याज असुलीका विषयमा राष्ट्र बैंक जानकार भए पनि नियमनमा चासो नराखेको पीडितहरूको गुनासो छ । कान्तिपुर दैनिकबाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!