nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १०, २०७९, ११:०८ बिहान
वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

माघ १० गते। मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ-आफ्नो क्षेत्रका काम हेर्दैछन्।

यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन्।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ। वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ।

सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ। कतिपय अझै मूर्तिमा विभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन्। मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ।

‘अब दिन कति बाँकी रहे र? आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ’, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका-५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल भन्छन्, ‘दुई-चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्। त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ।’

यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ। मूर्तिमा रङ भर्न घरका परिवारजन छोराछोरी पनि रमाइलोका लागि सरिक हुने गरेका सीताराम बताउँछन्।

माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन्। अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ।

मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ। ‘अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ’, सीतारामले भने।

सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन्।

सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका-४ पिपराढीका महेश्वर पण्डित बताउँछन्।

बितेका दुई-तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन्। यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ-ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ।

मूर्ति र माटाका भाँडा बनाउने काम पुर्ख्याैली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डित बताउँछन्।

‘पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अङ्खरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो’, रामविलास भन्छन्, ‘अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ।’

दुई दशक पहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुर्ख्याैली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन्।

पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लाष्टिककै प्रयोग हुन थालेका छन्। माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लाष्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन्।

दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन्।

यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाका माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरू काममा लगाउने गरिएको कुम्हालहरूको भनाइ छ।

आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुर्ख्याैली यो पेसा छाड्दै गएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डित बताउँछन्। ‘हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्’, ६५ वर्षीय राजकिशोर भन्छन्, ‘जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन।’

जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन्।

पछिल्लो पुस्तालाई पुख्र्यौली पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हालको भनाइ छ। जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि नै छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि