nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ माघ १०, मंगलवार ११:०८
वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

माघ १० गते। मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ-आफ्नो क्षेत्रका काम हेर्दैछन्।

यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन्।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ। वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ।

सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ। कतिपय अझै मूर्तिमा विभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन्। मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ।

‘अब दिन कति बाँकी रहे र? आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ’, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका-५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल भन्छन्, ‘दुई-चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्। त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ।’

यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ। मूर्तिमा रङ भर्न घरका परिवारजन छोराछोरी पनि रमाइलोका लागि सरिक हुने गरेका सीताराम बताउँछन्।

माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन्। अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ।

मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ। ‘अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ’, सीतारामले भने।

सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन्।

सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका-४ पिपराढीका महेश्वर पण्डित बताउँछन्।

बितेका दुई-तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन्। यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ-ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ।

मूर्ति र माटाका भाँडा बनाउने काम पुर्ख्याैली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डित बताउँछन्।

‘पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अङ्खरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो’, रामविलास भन्छन्, ‘अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ।’

दुई दशक पहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुर्ख्याैली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन्।

पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लाष्टिककै प्रयोग हुन थालेका छन्। माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लाष्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन्।

दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन्।

यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाका माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरू काममा लगाउने गरिएको कुम्हालहरूको भनाइ छ।

आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुर्ख्याैली यो पेसा छाड्दै गएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डित बताउँछन्। ‘हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्’, ६५ वर्षीय राजकिशोर भन्छन्, ‘जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन।’

जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन्।

पछिल्लो पुस्तालाई पुख्र्यौली पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हालको भनाइ छ। जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि नै छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

रविले पुनः पाए नेपाली नागरिकता

रविले पुनः पाए नेपाली नागरिकता

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि