nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३२, २०८३, १०:४३ मध्यान्ह
मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

जनकपुरधाम/असार ३२ गते । नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा आएको दरारसँगै प्रदेश सरकारहरूको भविष्यबारे अन्योल बढिरहेका बेला मधेश प्रदेशमा भने वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ ।
बिहीबार कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईबीच भएको छलफलले कांग्रेस, एमाले र नेकपाको गठबन्धनलाई यथावत् राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रको राजनीतिक समीकरण परिवर्तनले प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठिरहेका बेला मधेश प्रदेशका विभिन्न दलका सांसदहरूले प्रदेश सरकारको भविष्यसम्बन्धी निर्णय गर्ने अधिकार प्रदेशसँग नभई केन्द्रमै रहेको बताएका छन् । उनीहरूले केन्द्रबाट हुने हस्तक्षेपका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

कांग्रेसका प्रदेशसभा सदस्य जंगीलाल रायले प्रदेशको संरचना बलियो भए पनि केन्द्रको निर्णय मान्नुको विकल्प नरहेको बताए । उनका अनुसार केन्द्रबाटै सत्ता समीकरण परिवर्तन हुने भएकाले प्रदेशका नेताहरू निर्णय कार्यान्वयनमा मात्र सीमित हुने गरेका छन् । केन्द्रले हस्तक्षेप नगरे प्रदेशस्तरमै सत्ता समीकरणको विषय छिट्टै टुंग्याउन सकिने उनको भनाइ छ ।

एमालेका प्रदेशसभा सदस्य राजकुमार लेखीले पनि प्रदेश सरकारबारे निर्णय केन्द्रमै हुने परम्परा रहेको बताए । बारम्बार सत्ता समीकरण फेरिनु लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि सकारात्मक नभएको उनको धारणा छ । जनताले स्थायी सरकार र विकास चाहेको भन्दै त्यसतर्फ दलहरू गम्भीर हुनुपर्ने उनले बताए ।

नेकपाका प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाले प्रदेश सरकार परिवर्तनमा राष्ट्रिय राजनीतिको प्रभाव निर्णायक हुने बताए । बारम्बारको सत्ता परिवर्तनले सुशासन कमजोर हुने र विकास प्रभावित हुने उनको भनाइ छ ।

जसपा नेपालका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले केन्द्रको राजनीतिक अस्थिरताको असर प्रदेशले भोग्नुपरेको बताए । राजनीतिक स्थायित्वबिना विकास सम्भव नरहेको उल्लेख गर्दै उनले सत्ता समीकरण परिवर्तन भए प्रदेशसभाको ठूलो दलका रूपमा जसपा नेपालले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जनमत पार्टीका प्रदेशसभा सदस्य शम्भुकुमार साहले बारम्बार सत्ता फेरबदल हुँदा जनताले अपेक्षित लाभ नपाउने बताए । बजेट पारित भइसकेको अवस्थामा सरकार परिवर्तनको चर्चा चल्नुले विकास योजना कार्यान्वयनमा समेत अन्योल सिर्जना हुने उनको भनाइ छ ।

केन्द्रको राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकारको भविष्यबारे चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने हालको कांग्रेस–एमाले–नेकपा गठबन्धनलाई निरन्तरता दिने निर्णयसँगै तत्काल सरकार परिवर्तनको सम्भावना टरेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि