मंसिर २१ गते । सर्लाहीमा तीन तल्ले घरको बरण्डाबाट लडेर धनुषाका एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठका अनुसार लामा लालबन्दी नगरपालिका १ स्थित संजय कुश्वाहाको घरमा डेरा गरी बस्दै आएका थिए ।
मंगलबार राति साढे ८ बजेको समयमा ब्राण्डामा बस्ने क्रममा अचानक तल खसेर उनी गम्भीर घाइते भएका थिए । उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाकएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।














Discussion about this post