आदित्य अजय/सप्तरी/असोज १३ गते। सप्तरी निर्वाचन क्षेत्र नं. १(ख) बाट माननिय सरिता गीरी यादब लाई नेकपा एमाले जिल्ला कमिटीले प्रदेश सभासद्स्यका लागि सिफारिस गरिएको छ।
केन्द्रिय सांसद सरिता गीरी यादब सप्तरी निर्वाचन क्षेत्र नं. १(ख) बाट प्रदेश सभासदस्यका लागि चुनाव लडने तैयारी मा रहेको अनेरास्ववियु सप्तरी का जिल्ला अध्यक्ष रंजिब साहले जानकारी दिएको छ ।
आफ्नो कार्यकालमा निस्वार्थ भाबनाले जनताको सेबा गर्दै आईरहेको र जनताको सेबा गर्नका लागी सप्तरी निर्वाचन क्षेत्र नं. १(ख) बाट प्रदेस सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दिएको उनले बताईएको छ ।
संघिय सांसद मधेस प्रदेशकि छोरी सरिता गीरी यादबलाई बिकास प्रेमी नेताको नामाले चिन्निछ ।विगत ३२ वर्ष देखि विद्यार्थी राजनिती बाट युवा संघ हुदैअगाडि बढदै हाल नेकपा एमाले केन्द्रीय सदस्य सप्तरी सह- ईन्चार्ज पनि हुन।सप्तरीका साथै मधेश प्रदेशका हरेक समस्या सदनमा जाेडदार ढंगले अावाज उठाउने यिनी साहसी र निडर महिला नेतृकाे रुपमा चिनिन्छ।





















Discussion about this post