nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारको नीति तथा कार्यक्रममा जनकपुरको धार्मिक पर्यटन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०७९, ९:५६ मध्यान्ह
सरकारको नीति तथा कार्यक्रममा जनकपुरको धार्मिक पर्यटन

जनकपुरधाम/जेष्ठ १० गते। सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि मधेश प्रदेशको राजधानी जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७९/०८० को सरकारको नीति कार्यक्रममा लुम्बिनी, पशुपतिसँगै जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने उल्लेख छ ।

यस्तै सरकारले आर्थिक वर्ष २०८०/८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने नीतिसमेत सार्वजनिक गरेको छ । यसका लागि आगामी आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुङ्गो लगाइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थललाई सञ्चालनमा ल्याइने र जनकपुरधाम र राजविराज विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल सेन्टर निर्माण गरिने सरकारले घोषणा गरेको छ ।

तराई मधेसका जिल्ला सदरमुकामहरुलाई जोड्ने सडकलाई दुई लेन सडक विस्तार गरिने र सप्तरीको छिन्नमस्ता गोविन्दपुर हुँदै उदयपुर गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्तरोन्नतिसँगै विस्तार भइरहेको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकको कामलाई तीव्रता दिइने, काठमाडौँ–तराई मधेस द्रूत मार्गलाई तोकिएको समयमा सम्पन्न गर्न तीव्रता दिइने, हुलाकी राजमार्ग निर्माणलाई तीव्रताका साथै वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने सरकारले घोषणा गरेको छ ।

नेपालकै पुरानो चन्द्र नहरको मर्मत सम्भार गरिने र तराई मधेसका कृषियोग्य पकेट क्षेत्रमा पानी भण्डार गर्ने, डीप ट्युबवेल तथा स्यालो ट्युबवेलमार्फत थप जग्गामा सिँचाइ सुविधा विस्तार गरिने सरकारले घोषणा गरेको छ ।

सिँचाइ कार्यमा हुने विद्युत् खपत महशुलमा थप सहुलियत प्रदान गरिने र आगामी आर्थिक वर्षमा थप ९० किलोमिटर तटबन्ध निर्माण गरी ६०० हेक्टर जग्गा उकास गरिने सरकारले घोषणा गरेको छ ।

राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै चुरे क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा उत्खननलाई कडाइका साथ नियन्त्रण गरिने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।

हरवा चरवा परिवारका लागि तीनै तहका सरकारको समन्वयमा उत्पादन, रोजगारी तथा क्षमता विकासको कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै सरकारले आगामी दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गरिने नीति सार्वजनिक गरेको छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि