रौतहट/बैशाख ३० गते । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लु टिएको छ ।

मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लु टपाट गरेका हुन् ।

भिडले मतपत्र समेत तो डफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चि कना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लु टिएको प्रहरीले जनाएको छ ।

यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दिनभर जसो झ डप भएको थियो । सो मतदान केन्द्रबाट मटपेटिका लु टपाट गरेर एक समूह दौडिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।














Discussion about this post