सिराहा/बैशाख २१ गते। सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृ त्यु भएको छ । मृ त्यु हुनेमा स्थानीय ७२ वर्षीय दुखी यादव रहेका छन् ।
यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।
















Discussion about this post