माघ १९ गते । जिल्ला प्रहरी कार्यालय गोरखाले बहुविवाह कसूरमा दुई जनालाई प क्राऊ गरेको छ । सिरानचोक गाऊँपालिका वडा नम्वर ४ भर्लाबोटका ४४ वर्षका पुरुष र ४० वर्षकी महिलालाई पुष २४ गते प क्राऊ गरिएको हो ।
सम्धी सम्धिनी नाताका उनीहरुले गत मंसीरमा प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताउनुभयो । प क्राऊ परेका पुरुषको दुई छोरा रहेको र कान्छो छोराको सासूसँग दोस्रो बिहे गरेको उहाँको भनाई छ ।
७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत मंसीरमा बिहे गरेको र महिलालाई चितवनमा कोठा भाडामा लिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डिएसपी दाहालले बताउनुभयो ।
गत पुष २३ गते भने उनले सम्धिनीलाई श्रीमतिको रुपमा स्विकार गरेर घरमै ल्याएपछि ४१ वर्षकी जेठी श्रीमतिले प्रहरीमा जाहेरी दिएको दाहालले जानकारी दिनुभयो । उनीहरुलाई पुष २४ गते प्रहरीले प क्राऊ गरेको हो ।
बहुविवाह कसूरमा पक्राऊ परेकी महिलाका श्रीमान् भने रोजगारीका क्रममा भारतमा रहेको र बेलाबखत घर आउने गरेको डिएसपी दाहालले बताउनुभयो ।
उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















Discussion about this post