सप्तरी/माघ १८ गते। जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दाेषी देखाउँदै फैसला गरे पनि फ रार भएका नाै जनालाई सप्तरी प्रहरीले प क्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा फ रार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यस्तै लुटपाट मुद्दामा फ रार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए ।
विभिन्न मुद्दामा फैसला भई फ रार रहेकाहरूलाई प क्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले प क्राउ गरेकाे हाे । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दाेषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ ।















Discussion about this post