धनुषा/माघ १७ गते। धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कु टपि ट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कु टपि ट गरेका हुन् ।
उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।
संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय राखी व्यापारिक प्रतिष्ठानमा गैरकानूनी रुपमा प्रवेश गरी कर्मचारीमाथि निर्घात कु टपि ट गरी घाइते बनाएकोमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी प्रशासन सक्षम नरहेको प्रमाणित भएको जनाएको छ ।
प्रहरी चौकी भन्दा २०० मिटरमात्र दुरी रहेको व्यवसायिक प्रतिष्ठानमा दिउँसै कर्मचारीमाथि कु टपि ट भएको घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न संघको माग छ । संघले घाइते राइलाई क्षतिपूर्तिसहित उपचार खर्च भराउन र शान्ति सुरक्षाको व्यवस्था कायम राख्न समेत स्थानीय प्रहरी प्रशासन सँग माग गरेको छ । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले पनि आक्रमणमा संलग्नको खोजविन गरी कारवाही गर्न माग गरे ।





















Discussion about this post