nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वित्तीय कर्मचारी अस्पताल खोल्न छलफल , लघुवित्तहरुको भने छुट्टै योजना

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ७, २०७८, ११:०७ मध्यान्ह
वित्तीय कर्मचारी अस्पताल खोल्न छलफल , लघुवित्तहरुको भने छुट्टै योजना

Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

काठमाडौं/माघ ७ गते। वित्तीय कर्मचारी अस्पताल सञ्चालन गर्न बैंकर्स संघले छलफल अघि बढाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रहरुको लगानीमा सो क्षेत्रका कर्मचारीहरुलाई सहुलियत हुने गरी वित्तीय कर्मचारी अस्पताल सञ्चालन सन्चालन गर्नुपर्ने माग उठ्दै आएको छ । बैंकर्स संघले नेपाल राष्ट्र बैंकसँग यसअघि संस्थागत सामाजिक उत्तरदायित्वको रकम खर्च गर्न पाउने गरी अस्पताल सञ्चालन गर्न दिनुपर्ने बताएको थियो ।

राष्ट्र बैंकले अहिले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्चिनु पर्ने रकम सम्बन्धी मागदर्शन बनाउँदैछ । मागदर्शनको मस्यौदामा राष्ट्र बैंकले वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।

बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले आफूहरुले पहिलेदेखि माग गरिरहेको विषय अब पूरा हुन लागेको भन्दै यो खुसीको कुरा भएको बताए । तर यस विषयमा के कसरी अघि बढ्ने भन्नेबारे छलफल हुन बाँकी रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले गत वैशाखामा नै यो विषय उठान गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बुझाएको सुझाव पत्रको पहिलो बुँदामा नै बैंकर्स अस्पतालको विषय उल्लेख थियो ।

आर्मी, प्रहरी र निजामती सेवाका कर्मचारीहरु तथा तिनका आश्रतिहरुका लागि संरक्षित र सुलभ, सहज स्वास्थ्य सेवा प्रदान भए सरह सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु तथा तिनका परिवारको लागि सेवा प्रवाह गर्ने गरी सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा तत्काल बैंकर्स अस्पताल स्थापना गर्नुपर्ने फियनको सुझाव छ ।

यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च नभई बाँकी रहेको रकम, संस्थाहरुको विभिन्न कल्याणकारी कोषहरुमा रहेको केही प्रतिशत रकम र कर्मचारीहरुको मासिक तलबभत्ताबाट कट्टा गरेको निश्चित प्रतिशत रकम र नेपाल सरकारसँग अनुदान रकम माग गर्नुपर्ने फियनका कोषाध्यक्ष बरुन खड्का बताउँछन् ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय भने यो आवश्यक रहे पनि अहिले कोरोनाका त्रासका बेला शुरु गरिहाल्न सहज नहुने बताउँछन् । ‘सीएसआरको ठूलो रकम हाल्नुपर्ने हुन्छ, हामीले मौदि्रक नीतिमा अपेक्षा गरेका थियौं तर भएन’ उनले भने, ‘हामीले नै यो माग गरे पनि अहिले भने अवस्था सहज छैन ।’

लघुवित्तहरुको छुट्टै योजना

उता राष्ट्र बैंकको घ वर्गको अनुमति पाएका लघुवित्त वित्तीय संस्थाहरुले समेत अस्पताल सञ्चालनका विषयमा छलफल थालेका छन् । लघुवित्त बैंकर्स संघले आफ्ना कर्मचारी र सदस्यहरुको सहभागितामा यस्तो अस्पताल सञ्चालन गर्ने विषयमा छलफल गरिरहेको उपाध्यक्ष मिनबहादुर बोहरा बताउँछन् ।

सम्भव भए बैंकर्स संघसँगै मिलेर अघि बढ्ने र बैंकर्स संघले चासो नदिए लघुवित्त बैंकर्स संघ आफैंले यसको नेतृत्व लिएर काम गर्न सक्ने उपाध्यक्ष बोहराले बताए । ‘उहाँहरुले चाहनु भयो भने झनै राम्रो हुन्छ, यदि नचाहेको अवस्थामा सरकारले सहयोग गर्ने हो भने हामी यसका लागि तयार छौं’ उनले भने । अस्पताल निर्माणका लागि बाह्य स्रोत धेरै आवश्यक नपर्ने उनको भनाइ छ ।

अहिले लघुवित्त वित्तीय संस्थाहरुमा २१ हजार कर्मचारीहरु ५२ लाख सदस्यहरु रहेका छन् । विकट क्षेत्रका गाउँगाउँका मानिसहरु लघुवित्तका सदस्य रहेका छन् । ‘सबै सदस्यहरुबाट १/१ रुपैयाँमात्रै उठाए पनि ५२ लाख रुपैयाँ संकलन हुन्छ । कर्मचारीहरुबाट एक-एक हजारको दरले उठाए पनि धेरै ठूलो रकम हुन आउँछ,’ बोहोराले भने, ‘यसरी सबैको सहभागितामा अस्पताल खोल्न सकिने विषयमा छलफल अघि बढाएका छौं ।’

संघीय स्तरमा एउटा ठूलो अस्पताल र सात वटै प्रदेशहरुमा स्वास्थ्य केन्द्रहरु खोल्न सकिने उनले बताए । ‘स्वास्थ्य सुविधाहरु उपलब्ध हुने गरी प्रदेशस्तरमै स्वास्थ्य केन्द्र बनाउन सकिन्छ, ठूलो अस्पताल एउटा बनाउन सकिन्छ,’ उनले भने । यसका लागि सरकारले जग्गा भने उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । जग्गा उपलब्ध भए अन्य स्रोतहरु भने जुटाउन समस्या नरहेको उनी बताउँछन् ।

साभार स्रोत-अनलाईन खबर बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!