माघ २ गते । एक बालिकामाथि जब रजस्ती क रणी गरी ह त्या गरेको आरोपमा दुई जनालाई प्रहरीले प क्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बला त्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई प क्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
प क्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका ८ कोतवालीका २० वर्षीय सन्तोष साह कानु र उनकी आमा ४० वर्षीया शान्ति देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसी राजेश थापाले जानकारी दिए। उनको ह त्यामा संलग्न रहेको अभियोगमा प्रहरीले छिमेक आमाछोरालाई प क्राउ गरेको छ।
गत आइतबार पुस २५ गते दिउँसो बालिका बाख्रा चराउन गएकी थिइन्। तर त्यो दिनदेखि बालिका बेप त्ता भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
प्रहरीलाई खबर भएपछि खोज्ने क्रममा पुस २७ गते मंगलबार दिउँसो साढे १२ बजे जमुना खोलामा मृ त अवस्थामा फेला परेकी थिइन्।
श व फेला परेपछि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा हेर्दा नाबालिकाको घाटी कसेर टाउकोमा समेत प्रहार गरी ह त्या गरी फालेको जस्तो देखिएको थापाले बताए।
घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि खटिएको थियो। अनुसन्धानको क्रममा कानुको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको दिन मृतक बालिका बाख्रा चराइरहेकी थिइन्। त्यसपछि उनी खानेपानी लिन शान्ति देवीको कुखुरा फार्ममा गएकी थिइन्। तर बालिका त्यहाँबाट फर्किएकी थिइनन्।
प्रहरीले अनुसन्धान गर्दा सो दिन कुखुरा फार्ममा सन्तोष साह कानु बाहेक कोही थिएनन्। सो बुझ्दा उनकै संलग्नता रहेको आशंका लिइ प्रहरीले सोधपुछ गरेको थियो।
प्रहरीले प्रविधिको सहयोगमा सोधपुछ गर्दा बालिका पानी लिन जाँदा घटना घटाएको भन्ने स्विकारेको प्रहरीले जनाएको छ। यस्तै शान्ति देवीले भने अपराध पुष्टि हुने प्रमाणहरू लोप गराउने प्रयास गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Discussion about this post