जनकपुरधाम/पुस ३० गते। प्रदेश २ सरकारले प्रदेशमा बसोवास गर्दै आएका ६ सय १० जना गरिब तथा विपन्न परिवारलाई घर बनाउने भएका छन्। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको छ।
महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत भएको हो। यससँगै अब यस कार्यक्रमअन्तर्गत प्रदेशका सबै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
मन्त्री साहका अनुसार असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिनेछ।
यस आवास योजनाअन्तर्गत पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहनेछ। त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले दलित सशक्तिकरण नियामावली २०६८ स्वीकृत गरको छ।





















Discussion about this post