सिरहा/पुस २० गते। सिरहा सहित तराई मधेसमा चिसोको कारण जनजीवन प्रभावित बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो ।अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ ।
शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्नो छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो बाल्न थालेका छन् । सिरहा लगायत प्रदेश २ का आठवटै जिल्लामा सावधानी अपनाउन मौसमविदहरूले चेतावनी दिएका छन । चिसो बढेकै कारण निजी तथा सामुदायिक विध्यालयहरूले आन्तरिक परीक्षाहरू सञ्चालन गरिरहेका छन् ।
खाडीतिरबाट पाकिस्तान, जम्बुकास्मिर, दिल्ली हुँदै आएको हावाको एउटा लप्काले तराई भेगमा प्रवेश पाउने र पश्चिमी हावाको प्रभाव जमेपछी चुरेबाट दक्षिणको भागमा अधिकांश रुपमा शीतलहर देखिने एउटा प्रक्रिया भए पनि पछिल्लो समय जलवायुको परिवर्तनले नियमित चक्रमा समेत फेरबदल हुने क्रम बढेको वातावरणविदहरूको भनाइ छ ।
चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ ।





















Discussion about this post