महेश सिंह/सिरहा/पुस १५ गते।सन नेपाल लाइफ इन्स्योरेन्स लहान सखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेका छन्।सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले वैदेशिक रोजगारको बिमा गराएका थिए।
महराले वैदेशिक रोजगार कतार जानलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० लाखका वैदेशिक रोजगार बिमा गराएका थिए। महराले श्रम गराएर घर बस्दा श्रम गराएको दुई महिना न बित्दै सडक दुर्घटनामा परेर सिराहाको नरहा गाउँपालिका स्थित सडक दुर्घटनामा परेर वर्ष ३२को श्रीलाल महराको मृत्यु भएको थियो।

चोहर्वाबाट सिराहा सदरमुकाम तर्फ जाँदै गरेको अवस्थामा नहरा चौक स्थित विपरीत दिसाबाट आउँदै गरेको स्कारपीओले महरा सवार गरेको मोटरसाइकल लाई ठक्कर दिँदा महराको उपचारको क्रममा अचानक मृत्यु भएको परिवार जनले जानकारी दिनु भयो।
मृत्यु भएका महराको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ। स्वर्गीय महरालाई श्रीमती र दुई वटा छोरा र एक महिने काखे छोरी बच्चा रहेकी छिन।महराकि श्रीमती रिंकी कुमारी लाई घर परिवार चलाउन निकै गाह्रो भएको छ।
उक्त पीडित रिंकी कुमारीलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक/म्यानेजर उपेन्द्र नारायण महतोले कार्यालयमा बोलाए उनको श्रीमती रिंकु कुमारी लाई क्रिया खर्च १लाख र इन्स्योरेन्स बापत १० लाख गरी जम्मा ११ लाखको माछापुच्छ्रे बैङ्कको चेक पत्रकार महेश सिंह र स्वर्गीय महराको आफन्तको रोहबरमा प्रबन्धक महतोले पीडित कुमारीलाई चेक हस्तान्तरण गरेको छ।














Discussion about this post