जनकपुरधाम/मंसिर २५ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् । सोनल प्रदेश २ संसदीय दलका नेता पनि हुन ।
त्यस्तै, पार्टीका नेता रामविनोद चौधरी (पप्पु)लाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । लोसपाले यसअघि शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको थियो ।
पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको थियो ।





















Discussion about this post