मंसिर १६ गते। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ ।
संस्थाले एक सूचना सर्वजनिक गर्दै ३ पदका लागि कर्मचारी माग गरेको हो ।संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति ब्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण । वित्त ब्यवस्थापन) का लागि १ जना र सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको हो ।
१८ देखि ३५ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिनभित्र www.nmbmicrofinance.com मा गएर अनलाइन फारममा भएको विवरणहरु भरी अनलाईन आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको सूचना





















Discussion about this post