उमेश कुमार साह/सप्तरी/मंसिर १२ गते।नेपालमा बिक्री वितरणका लागि प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने लागू औषधि सहित २ जना प क्राउ परेका छन्।
प क्राउ पर्नेमा सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर ०१ बस्ने सुरज कुमार यादव र राधेश्याम मन्डललाई लागू औषधि सहित २ जना प क्राउ परेका छन्।
नशाका लागि प्रयोग गरिने NITRAVET-१० लेखिएको ५ पत्तामा १४९ चक्की , २ एमएलको DIAZELAB एम्पुल ६ पिस , PHENENERGAN एम्पुल ६ पिस र नाम लेखेल ( लेबल ) नभएको ६ पिस गरि जम्मा १८ पिस एम्पुल बरामद गरेका हुन्।
सप्तरी जिल्ला खडक नगरपालिका वडा नम्बर २ सिस्वा बेल्हीमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोना मातहत समेतबाट खटिएको गस्ती टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको र शाकित तरिकाले हिडडुल गरि रहेको अवस्थामा फेला परि निजहरुको शरीर चेकजाँच गर्दा निज सुरज कुमार यादवले दाहिने हातमा बोकेको कालो प्लास्टिकको झोलामा प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने लागू औषधि , बिशेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवानको मातहतबाट खटिएको टोलिले प क्राउ गरेका छन्।
प क्राउ परेकामाथि कानुन बमोजिम म्याद थप गरि बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राजबिराजका प्रहरी नायव उपरीक्षक माधव काफ्ले बताए।















Discussion about this post