राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरबाट ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले देशभरका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक परेको सूचना जारी गरेको छ ।
कम्पनीले सहायक श्रेणी (लेभल-४) अन्तर्गत सिनियर सहायक, तह-३ अन्तर्गत सहायक र लेभल-२ अन्तर्गत सहायक सहायक पदका लागि धेरै कर्मचारी माग गरेको हो ।
१८ देखि ३५ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित विज्ञापन नम्बर र हस्तलिखित निवेदनसहित कम्पनीको केन्द्रीय कार्यालय प्रहरी विद्यालय मार्ग, साँगा काभ्रेपलाञ्चोकमा वा कम्पनीको इमेल [email protected] मा उल्लेख गरी अनलाइन आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
Slc/SEE र +२ पास वा सो सरहका इच्छुक उमेदवारहरुले पनि आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको सूचना






















Discussion about this post