जनकपुरधाम/कार्तिक २४ गते।पूर्व युवराज्ञी हिमानी शाह छठ मनाउन वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। उनी बुधबार अपरान्ह काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर वीरगन्ज पुगेकी हुन्।

उनी त्यहाँ छठको साँझको अर्घ्यमा सहभागी भएकी छन्। सामाजिक काममा सक्रिय हिमानी छठ पर्वमा पूजा गर्न उपत्यकादेखि समयमा तराई(मधेसका घाटमासमेत पुगिरहेकी छन्।

हिमानी जनकपुरधामदेखि वीरगञ्जमा आउँदा हेलिकप्टरबाट पुष्पवृष्टी गराइएको थियो ।हिमानीलाई वीरगञ्जमा बारा र पर्सास्थित राजावादीहरु र हिन्दुवादीहरुले स्वागत गरेका थिए ।
हिमानी आज वीरगञ्जमै बस्ने र भोली बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ ।





















Discussion about this post