nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बेनामे दुई प्रदेश

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २१, २०७८, ५:१५ मध्यान्ह
बेनामे दुई प्रदेश

काठमाडौ/कार्तिक २१ गते।संवैधानिक अधिकार प्रयोग गर्दै देशको दुई प्रदेश संसदलाई नामकरण गर्न मुस्किल परेको छ । प्रदेश सभा गठन भएको चार वर्ष हुन लाग्दा पनि प्रदेश १ र २ लाई नामकरण गर्न मुस्किल परेको हो ।

संसदको दुई तिहाइ मतले प्रदेशको नामकरण गर्न सकिने प्रावधान संविधानको धारा २९५ (२) मा उल्लेख छ । तर, नामकरण त के नामबारे घनिभूत छलफलसमेत यी दुई प्रदेशको संसदमा भएको छैन । 

जब कि, तत्कालीन ३, ४, ५, ६ र ७ नम्बर प्रदेशले नाम र राजधानी यसअघि नै टुंग्याइसके । पहिलो नाम र राजधानी टुंग्याउने प्रदेश ६ नम्बर प्रदेश हो । जसले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत टुंग्यायो । त्यसपछि क्रमशः अन्य प्रदेशले पनि भौगोलिक पहिचानको आधारमा नामकरण टुंग्याएका हुन् ।

यसरी अन्य प्रदेशले टुंग्याए पनि प्रदेश १ र २ ले भने टुंग्याउन नसक्दा नामविहीन छ । अर्थात् बेनामे प्रदेश हुन् । नामकरण भौगोलिक पहिचान कि ऐतिहासिक-सांस्कृतिक पृष्ठभूमि वा जलाधारको आधारमा राख्ने भन्नेमा विमति छ । 

सोही कारण यी दुवै प्रदेशले नाम नपाएको हो । जसले गर्दा प्रदेश सरकारहरू बारम्बार आलोचित हुँदै आएका छन् । मुख्यमन्त्रीहरूले बारम्बार प्रदेशको नाम र स्थायी राजधानीको सवाल टुंग्याछौं भन्न भने छाडेका छैनन् । आश्वासन पटकपटक भए पनि टुंगो लगाउन नसक्दा उनीहरूमाथि जनतामा अविश्वास पैदा हुँदै गएको छ ।

खिसीटिउरी

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम टुंग्याउने थाकुञ्जेल भने । सके सहमतिको आधारमा, नसकिए बहुमतको आधारमा भए पनि नाम टुंगोमा पुर्‍याउने बताउँथे । तर, पुर्‍याउन भने सकेनन् । त्यसै साढे तीन वर्ष बढी मुख्यमन्त्री भएर सत्ताबाट बाहिरिए । 

जतिबेला अधिकांशले भने, ‘प्रदेशको नाम नजुराएर के भयो त ? विवाह त गर्नुभयो । दुलहीसँग डेटिङ जान पाउनुभयो । जुन जीवनमा ठूलो उपलब्धि हो ।’

अझै पनि उनीमाथि यस्तै खालका खिसीटिउरी हुने गरेको छ । शेरधनपछिका एमालेका मुख्यमन्त्री भीम आचार्यले त नामसम्बन्धी प्रस्तावलाई अघि बढाउनै चाहेनन् । बहुमत जुटाएर सरकार जोगाउनै उनको सम्पूर्ण ध्यान गयो । तर, अन्तिममा बहुमत जुटाउन न सक्यो, न प्रदेशले नाम नै पायो । त्यसैले उनी मुख्यमन्त्री भए र गए मात्रै । 

तत्कालीन नेकपा विभाजन भएर एमाले र माओवादी बन्दा माओवादीलाई परित्याग गर्दै एमालेमा गएका नेता टंक आङ्बुहाङका अनुसार आगामी निर्वाचनमा असर पुग्न सक्ने भएकाले नाम नटुंगाएको हो । प्रदेशमा जातीय पहिचानदेखि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने सांसदहरू केही छन् । 

सोहीकारण कुनै नाम टुंगोमा पुर्‍याइए अर्को नामको पक्षमा रहेकाहरू ठुस्किने र निर्वाचन परिणाममा असर पर्न सक्ने आंकलनको आधारमा नामकरण नगरिएको एमालेकै सांसदहरू बताउँछन् । 

हाल कोशी-किरात, सगरमाथा-किरात, कोशी, सगरमाथा, लिम्बुवान लगायत नाम प्रस्तावित छन्। 
 
माओवादी केन्द्रका सांसद धिरेन शर्मा ‘रमण’ प्रदेश संसदमा ‘कोशी-किरात’ को पक्षमा अधिक जनमत रहेको बताउँछन् । त्यसपछि सगरमाथा-किरात र अन्य नाममा कम सांसद छन् । 

‘अब बस्ने संसदको अधिवेशनमा नाम सम्बन्धी प्रस्ताव अघि बढ्छ र हामी नाम टुंग्याउन चाहन्छौं’, सांसद शर्माले फरकधारसँग भने, ‘कोशी-किरातको पक्षमा अलिक बढी जनमत देखिन्छ । हेरौं संसदले कुन नामलाई पास गर्छ ।’

यही १६ कात्तिकमा पाँच दलीय गठबन्धनबाट राजेन्द्र राई मुख्यमन्त्री भएका छन् । उनी नेतृत्वको सरकार र गठबन्धनको ध्यान पनि प्रदेशको नाम टुंग्याउनेमा प्रदेशवासीको शंका छ । 

प्रदेश १ को पाँचथर घर भएका राम प्रलय लावती राई मुख्यमन्त्री भएकोप्रति लेख्छन्, ‘बधाई छ । उहाँको त बिहे भइसकेको होला नि । नत्र उही १६ बर्से भित्र्याउने कार्यकाल सकाउने मात्रै त के पो गर्नु ?’

प्रदेशको नाम लिम्बुवान हुनुपर्छ भन्ने दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छ । जुन दलको सांसद विष्णुमाया तुम्बाहाम्फे हुन् । जो हालै राई नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन् । 
माओवादी केन्द्रका पनि केही सांसद लिम्बुवानको पक्षमा छन् । अधिकांश भए किरात नभए कोशी-किरात हुनुपर्ने भन्दै आएका छन् । 

कांग्रेस र एमालेमा भने कोशी र सगरमाथामध्ये एक हुनुपर्ने पक्षमा बढी छन् । तर, कुनै नाममा सर्वसम्मति नभएको अवस्थामा कोशी वा सगरमाथाको पछि किरात झुण्ड्याउनुपर्छ भन्नेमा अधिक देखिन्छ । 

१४ जिल्ला भएको प्रदेश १ किरात सभ्यताको थलो पनि भएकाले किरात नाम शब्दलाई छुटाउन नहुने जनमत छ । 

प्रदेश २ 

तराईको आठ जिल्ला रहेको प्रदेश २ को सत्ता नेतृत्व जनता समाजवादी पार्टीले गर्दै आएको छ । मुख्यमन्त्री पहिचानवादी भनिएका जसपा नेता मोहम्मद लालबाबु राउत छन् । लगातार मुख्यमन्त्री बनेका उनी पनि प्रदेशको नाम टुंग्याउन असक्षम भइसकेका छन् । उनको दलले मधेश प्रदेश हुनुपर्छ भन्दै आएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी पनि मधेश प्रदेशको पक्षमा छ । तत्कालीन नेकपा हुँदा जानकी प्रदेश हुनुपर्ने भनेको माओवादी पनि मधेश प्रदेशतिरै लचक देखिन्छ । एमाले भने जानकी प्रदेशको पक्षमा छ । कांग्रेस मिथिला-भोजपुरा प्रदेशको पक्षमा देखिन्छ । 

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रदेशबारे धारणा सार्वजनिक गरिसकेको छैन । प्रदेश संसदको कांग्रेस सचेतक शोभा लामाले छठपछि बस्ने प्रदेश संसदले नामकरण टुंग्याउन सक्ने बताइन् । 

पछिल्लोपटक प्रदेश संसदले गएको २ वैशाखमा नामकरणसम्बन्धी प्रस्ताव ९ बैशाखको ३ बजेसम्म दर्ता गराउन सूचना जारी गरेको थियो । यद्यपि, त्यसअनुसार नाम दर्ता गरेर छलफल भएन । त्यसले गर्दा हालसम्म प्रदेशले नाम पाएको छैन ।

प्रदेश संसदमा मधेश प्रदेशको पक्षमा बहुमत देखिन्छ । तर, दुई तिहाइ बहुमत पुग्ने स्थिति भने छैन । जसले गर्दा नामसम्बन्धी सवाल टुंगिन बाँकी रहेको हो । 

मधेस आन्दोलनको बेला ‘एक मधेस एक प्रदेश’को नारा घन्किएको थियो । यो मधेसवादी दलहरूको हो ।

साभार स्रोत-फरकधार बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि