nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भाडाको जग्गामा दलितले खेती गरेपछि

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०७७, १०:१६ मध्यान्ह
भाडाको जग्गामा दलितले खेती गरेपछि


महेेेश सिंह, सिरहा ।तराई मधेशका दलितमध्ये मुसहर समूदायको मुख्य काम माटोलाई कृषियोग्य जमिन बनाउनु हो । उनीहरुको कर्म खेतीकिसानीमै बित्छ तर मालिकको रुपमा नभई मजदूरको रुपमा । सिरहा जिल्लाका मुसहर समूदायले अहिले भाडाको जग्गालाई आबाद गरेर स्वनिर्णयले मौसम अनुकुलका बाली लगाई आम्दानी गर्न थालेका छन् । यस कार्यमा मुसहर समूदायलाई गैरसरकारी संस्थाहरुले पनि सीप बिकासको लागि सहयोग गर्न थालेका छन् । सिराहाका युवाहरु बैदेसिक रोजगारमा जान थालेपछि र हुनेखाने परिवारका युवाहरु शहर पसेपछि जग्गा मालिकहरुले खेतीकिसानीमा ध्यान दिन छोडेका छन् । साथै लागत अनुसारको मेहनत नपुग्ने र उत्पादन पनि नहुने भएपछि जग्गा मालिकहरुले बन्जर जग्गामा पनि बाली लगाउने र उत्पादन गर्ने क्षमता भएका मुसहरसँगै अन्य दलितहरुलाई भाडामा दिन थालेका छन् ।
जग्गा मालिकहरुले के आधारमा विपन्न दलित समूदायमाथि विश्वास गर्ने प्रश्न तेर्सिएपछि जग्गा भाडाको लागि दुईपक्षिय कागजातमा राष्ट्रिय कृषक समूह महासंघले साक्षीको भूमिका निर्वाह गर्ने गरेको छ । साथै भाडामा खेतीकिसानी गर्ने कार्यलाई करार खेतीको रुपमा परिभाषित समेत गरिएको छ ।
यस्तो किसिमको खेतीको अभ्यास सिरहाको भगवानपुर गाउँपालिमा दुई बर्ष देखि भइरहेको छ । महासंघ साक्षी बसेर भाडामा लिइएको जग्गामा भगवानपुर गाउँपालिका वडा नः ५ लालपुर टोलका ३६ घरधुरी मुसहर समुदायमध्ये सबैको भागमा दुई÷दुई कट्ठा जग्गा परेको छ । यही जग्गामा खेती किसानी गरेका कारण गरिबी हट्न थालेको रुकमनी सदायले बताइन् ।
उनले घरमा सासु र एक बर्षको छोराको हेरचाह र खेती किसानीसँगै गरेकोले लकडाउनको अवधिमा समेत कसैसँग राहत माग्न नपरेको बताइन ।
भगवानपुर गाउँपालिकामा भाडाको जग्गामा खेतीकिसानी तथा पशुपालन गर्ने १४० वटा समूहहरु छन् । समूहमा पाँच देखि १५ जना सम्म हुन्छन् । अहिले भगवानपुर गाउँपालिकाको वडा नं.५ बाहेकले यस्तो खेतीका लागि भाडा वापतको रकममा मुहसर समूदायलाई सहयोग गर्न एक लाख रुपैया बजेट राखेको दिनाभदरी बाबा महिला कृषक समूहका सदस्यहरुले बताए । आफ्नो खेती भएपछि सागसब्जीको समस्या नहुने उनीहरुको भनाई छ । पहिला पहिला पैसाको अभाव भएको बेला अरुसँग तरकारी माग्नुपर्ने या एकछाक तरकारीका लागि अरुको खेतवारीमा काम गर्नु पर्ने बाध्यता थियो ।
भाडामा खेती गर्ने दलित समूदायका समन्वयकर्ताको रुपमा रहेको राष्ट्रिय कृषक समूह महासंघले कमपोष्ट मल बनाउने, मौसम अनुसारको तरकारी लगाउने तथा पोषण समबन्धी तालिमहरु समेत दिने गर्दछ ।
मानो देवी रामले कुनै कुनै दिन मजदूरी नपाउँदै भोकै सुतेको अनुभव सुनाउँदै अहिले भाडाको भएपनि खेतीले खानाको समस्या टरेको बताइन् । लकडाउनको बेला एक कठ्ठा १० धुरबाट उत्पादन भएको भिन्डी, झिमनी, लौका, फर्सी, साग बेचेर आम्दानी गरेको निर्मलादेवी रामले बताइन् ।
दलित समूदायले भाडा वापत जग्गाधनीलाई प्रतिकठ्ठा बार्षिक २ हजार २ सय २२ रुपैया तिर्नुपर्ने संझौता गरिएको छ । हरेकले बाली भित्राएपछि चैत मसान्तमा भाडाको रकम तिर्नुपर्ने सहमतिमा खेती भइरहेको लगनी सदायले बताइन् । उनी यसरी काम गर्न पाएर खुशी छिन ।
लकडाउनको बेला गाउँ पालिकाले नागरिकताको प्रमाणपत्र तथा मतदाता नामावलीमा नाम भएकोलाई मात्र राहत वितरण गरेपछि गाउँका धेरै दलित बंचित भएको उनले बताइन् । राष्ट्रिय कृषक समूह महासंघ नेपालले भने नागरिकतालाई अधार नबनाई कृषक∕पशु समूहका दलित,विपन्न,सिमान्तकृत समूदायलाई राहतमा चमाल २० किलो, दाल र चिनी २÷२ किलो , तेल एक लिटर, नुन र चना १÷१ किलो स्वास्थ्य समाग्री सहयोग सहयोग गरेको थियो ।
रामरती सदायले लकडाउनको बेला दैनिक रुपमा तरकारी बिक्रीको काम जारी राखेकी थिइन् । आफूले गरेकी खेतीबाट हरियो तरकारी तथा बजारबाट खरिद गरिएको आलुप्याज बेचेरै उनले लकडाउनको समय काँटेकी थिइन् । अहिले लक डाउन खुकुलो भएपछि घरका पुरुष सदस्यले बाहिर मजदूरी पनि गर्न थालेका छन् । जसका कारण उनीहरुलाई जीवन धान्न थप सहज भएको छ । तर लकडाउनका बेला करार खेतीका कारण बाँच्न सजिलो भएको उनको भनाई छ ।
दलित समूदायहरुले भाडामा जग्गा लिएर खेती गर्न थालेपछि कतिपयले हरुवा चरुवाको जीवनबाट मुक्ति पाएका छन । लकडाउनको बेला भाडाको खेतीमा उत्पादन गरेकाहरुले तरकारी बेचेर घरखर्च टार्नुका साथै प्रत्येक परिवारले कम्तिमा पाँच हजार रुपैयासम्म बचत समेत गरेको उनीहरुले जानकारी दिएका छन् ।
भगवानपुर गाउँपालिका ५ का वडा सचिव राजेन्द्र प्रसाद यादवले दलित समूदायले भाडामा जग्गा लिएर गरेको खेती उपलब्धीमुलक र उदाहरणीय भएको बताए । दलित उत्थानको नाममा चेतनामूलक काममै भन्दा जीवीकोपार्जनमा खर्च गर्नु पर्ने उनको सुझाब छ । उनका अनुसार भाडावापत लाग्ने रकममा सहयोग गर्न वडा कार्यालयले एक लाख रुपैयाको बजेटको ब्यवस्था गरेको छ ।
भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले दलितहरुको इच्छाशक्ति र राष्ट्रिय कृषक समूह महासंघको सहयोगले गाउँमा नमूना कार्य भएको बताए । अन्य वडाहरुमा पनि यो नमुना कामको थालनी गरिने जानकारी उनले दिए । सिमान्तकृत वर्गलाई जिवनयापन गर्न सहज भएकाले अन्य पालिका तथा जिल्लाहरुमा पनि यस प्रकारको काम गर्न सुझाब दिए ।
भाडाको खेती गरेर पैसा कमाउने तथा बचत गर्न थालेपछि बस्तीका बालवालिकाले विद्यालयको मुख देख्न थालेका छन् । पहिले विद्यालय पठाउन आनाकानी गर्ने अविभावकले अहिले आफै वालवालिकाहरुलाई पढ्न पठाउन थालेको वडाअध्यक्ष तथा गाउँपालिका अध्यक्षको भनाई छ । बस्तीमा कोरोना रोगको संक्रमण हुन नदिन बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा राख्न प्रत्येक वडामा पाँच÷पाँच लाख बजेट खर्चिएको थियो ।
नेपालको संविधानको धारा ३६ ले दिएको खाद्य अघिकार तथा खाद्य सुरक्षाको सुनिश्ति गर्नका लागि नेपाल सरकारले देशभर बाँझो रहेका जग्गाहरुको न्यूनतम भाडा तोकेर लिन चाह्ने दलित समूदायलाई खेती गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ । जसका लागि सिराहाको भगवानपुर गाउँपालिकामा भएको खेतीलाई नमूनाको रुपमा लिन सकिन्छ ।

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि