कार्तिक १२ गते। प्रहरीले १९ वर्षीया युवतीलाई जब रजस्ती क रणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् ।
बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै आएकी १९ वर्षीया युवतीलाई जर्ब जस्ती कर णी गरेको आरोपमा उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।
यस्तै गत असोज २७ गते राति १० बजे आफू एक्लै भएको मौकामा डेरा कोठामा गई अ श्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने धम्की दिई डर त्रास देखाई अनुचित दबाबमा पारी जब रजस्ती क रणी गरेको युवतीले बताएकी छन्।
पक्राउ परेका उनीविरुद्ध जब रजस्ती क रणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।














Discussion about this post