nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : कात्तिक कृष्णपक्ष लागेसँगै कुम्हालको व्यस्तता

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०७८, १:४८ मध्यान्ह
प्रदेश २ : कात्तिक कृष्णपक्ष लागेसँगै कुम्हालको व्यस्तता

महोत्तरी/कार्तिक ८ गते।चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै प्रदेश नं २ का महोत्तरीसहितका मिथिला क्षेत्रमा कुम्हाल जाति समुदायको व्यस्तता बढेको छ ।

यस पक्षको अन्त्यमा पर्ने दीपावली र त्यसलगत्तै सुरु हुने छठपर्वमा माटाका भाँडाको माग बढ्ने आशले कुम्हाल यो पक्ष लागेसँगै व्यस्त भएका हुन् । दीपावली र छठमा कलश, दियो, घडा (गाग्रो) तथा छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले यी भाँडा बनाउने काम कुम्हाल समुदायको प्राथमिकतामा परेको हो ।

वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिदै आइएकाले यस भेगका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदो छ । महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्यचोक र हटियामा अहिले २० भन्दा बढी माटाका भाँडा पसल थापिएका छन् । अन्य बेला साप्ताहिक हाट लाग्ने दिन मात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै माटाका भाँडाको बजार जमेको बर्दिबास व्यापार सङ्घका महासचिव भवनाथ खतिवडा बताउनुहुन्छ । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ ।

दीपावली र छठपर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ । भाँडा बिक्री भएसँगै आपूmहरुको तिहार र छठपर्वको खर्च जोहो हुने गरेको कुम्हालले बताएका छन् । पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी स्टल नै राखिएका छन् । महोत्तरीबाहेकका प्रदेश नं २ का अन्य जिल्लाका बजारमा पनि माटाका भाँडाको बजार राम्रो जम्दो देखिएको छ ।

माटाका भाँडावर्तनको बिक्रीका लागि दीपावली र छठपर्वपूर्व उपयुक्त बेला मानिन्छ । विगतमा घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र यसको माग हुने गरेको कुम्हाल बताउँछन् । मिथिलामा दीपावली, छठ, चौरचन र दसैँ माटाका नयाँ भाँडाको माग हुने मुख्य पर्व भए पनि यसको छुट्टै बजारको चहलपहलचाहिँ दीपावली र छठपर्वको मुखमा हुने गरेको छ ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लाष्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुम्हाल बताउँछन् । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको भङ्गाहा नगरपालिका–५ भूचक्रपुर बस्तीका गङ्गाबहादुर कुम्हालले बताउनुभयो ।

दीपावली, छठपर्वका अवसरमा महोत्तरीका बजारमा रु ५० लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ । कात्तिक कृष्ण पक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र मूल्यवृृद्धिसमेत भएकाले यो पर्वभित्र जिल्लाभरिमा रु ५० लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह बताउनुहुन्छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!