अरुण कुमार यादव/सप्तरी/कात्तिक ७ गते।सबल नेपालको १६ औ सधारण सभा आज यहाँ सम्पन्न भएको छ ।
सप्तरीको राजविराजमा आइतबार सबल नेपालको १६ औं बर्ष गाँठ तथा साधारण सभा कार्यक्रममा सबल नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा सुरुङगा नगरपालिका तथा खडक नगरपालिकामा बिभिन्न समाजिक कार्यहरु गर्दै आएको जनाइएको छ ।

५ बषृ मुनिका बालबालिकाहरुको स्याहारकर्ताहरुलायृ मनोसामाजिक सहयोग गर्ने ,यस बषृ परियोजना अनर्तगत रु ४० लाख बराबरका बिभिन्न स्वास्थय समाग्री सहयोग, ६ वटा बिदालयहरुमा बिभिन्न भवनहरु शैचालय,बालबिकास एव रंगरोगन गरिएको छ ।
जिविकोपार्जन तर्फ ६ वटा कृषक समुहहरुमा सहयोग प्रदान लगायतका कार्यहरु सम्पन्न गरेको छ ।
कर्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खानेपानी तथा सरसफाईले बतावरण राम्रो हुने बताए । बालकदेखि बृद्ध सम्म सबै मिलेर सरसफाईमा ध्यान दिनुपर्ने बताउदै शहरलार्य सुन्दर र हाराभारा बनाउन आग्रह गरेका छन ।
सबल नेपालका अध्यक्ष जुना गिरीका अध्यक्षतामा समपन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रण कुमार देव ,गैससका वरिष्ट उपाध्यक्ष ध्रुव प्रसाद देव ,गैससका कार्वाहक अध्यक्ष बलदेव मण्डल,मोहुली समुदायिक बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चोधरी, सेभ द चिल्ड्रेनका देवकृष्ण भगत , एसएनभी नेपालका कृष्ण जिसी,डब्ले एच एचका कमल चापागाई, सबल नेपालका संस्थापन सदस्य अशोक साह, युथ नेपालका मोहन यादव, पत्रकार चनदन यादव लगायतकाले शुभकामना मतब्य दिएका थिए ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष शम्भुनन्दन चोधरी र सबल नेपालका कर्मचारी बविता यादवको भउको निधन प्रति १ मिनेट मोनधारण गरिउको थियो ।सबल नेपालका कोषध्यक्ष आयुष श्रेष्ठले संचालन गरेको कार्यक्रममा राससकर्मी अरुण कुमार यादव सहित २५ जनालाई मायाको चिनो प्रदान गरेको थियो ।

















Discussion about this post