सिरहा/कार्तिक ३ गते।हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।
दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको अर्को स्पान पनि तल भासिएको हो ।
बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।
‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।
यसअघि यो पुलको एउटा स्पाम १७ असारमा भासिएको थियो ।सिरहाको बसपिट्टा भन्ने स्थानमा यसअघि पुलको स्पान भासिएको थियो ।हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो।
पुलको फिनिसिंग गर्न मात्रै बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको थियो।यो पुल निर्माणको ठेक्का २०६८ मै पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो ।तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्न गरेको थियो ।





















Discussion about this post