सिरहा/असोज २ गते।सिरहा सप्तरी सहित प्रदेश २ का जिल्लाहरुमा मुसलाधारे वर्षा जारी छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा विहानैदेखि वर्षा भइरहेको छ ।

वर्षाका कारण घरबाट निस्किने अबस्था पनि छैन् । प्रदेश २ का सबै जिल्लाको जनजीवन प्रभावित बनेको छ । जनकपुरधाम, लहान, राजविराज ,जलेश्वर,बर्दिबास लगायतका बजार सुनसान बनेको छ ।

वर्षाले किसान समस्यामा परेका छन् । वर्षाका कारण अधिकांश नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ । नदी क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन जरुरी छ । मौसम विभागले बुधबार(भोली) सम्म वर्षा हुने जनाएको छ ।














Discussion about this post