अरुण कुमार यादव/राजविराज/असोज १६ गते। सप्तरीका एक ब्यक्तिले म पत्रकार हु भन्दै काठमाण्डौमा एक होटेलमा दुई महिना सम्म बास बसेर पैसा नतिरेको आरोप लगाएका छन ।
राजविराजस्थित नेपाल पत्रकार महासंघमा शनिवार पत्रकार समेलन गर्दै पिडित मोरङगको शनिश्चर्य नगरपालिका ३ घर भई हाल काठमाण्डो बस्दै आएका शुभाष धिमालले आफनो काठमाण्डौ स्थित ग्रीन ओम गेष्ट हाउसमा सप्तरीका एक ब्यक्तिले दुई महिना सम्म लजभाडा लिएर बसेपनि अहिले सम्म पैसा नदिएको गुनासो गरेका छन ।
उनले भने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ घर भएका अशोक कुमार झाले म पत्रकार हु भन्दै छोरी सहित बिना पैसा तिरेर दुई महिना सम्म लजभडा लिई बसेको भएपनि अहिले सम्म पैसा नदिएको बताए ।
२०७७ मङ्सिर महिना २० गते देखि २०७७ साल माघ २९ गते सम्म करिब दुई महिना रुप भडा लिएर बसेको उनले बताए ।
झा माथि करिब ६३ हजार ४ सय ८५ रुपैया रहेको पैसा माग्दा आज ÷भोल भनेर झुलाउदै आएको उनले आरोप लगाएका छन । उनले भने अफु पिडामा परेपछि गुहार माग्न सप्तरी आएको बताए ।














Discussion about this post