nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०७८, ५:३४ मध्यान्ह
प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

जनकपुरधाम/असोज १३ गते।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागाजत लिएको छ । बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयबाट कागाजत नियन्त्रणमा लिएर फर्किएको छ । छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भए पाइएपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलको कम्पनी नै नखुलेको र मूल्य पनि फरक राखिएको पाइएको छ ।

अभियान सञ्चालन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक छ । कार्यालयका अनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको छ, जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।

प्रदेश सरकारले पहिलो लटमा १७ हजार २ सय ६२ थान साइकल खरिदका लागि ११ करोड १० लाख २९ हजार ९ सय ५८ रुपैयाँ र दोस्रो पटक १० हजार साइकल खरिद गर्दा ८ करोड ४४ लाख ६७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लोको तुलनामा दोस्रो पटक २ करोड १४ लाख रुपैयाँ बढी खर्चेको कार्यालयले जनाएको छ ।

साइकल खरिद गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय टेन्डर आह्वान गरेको थियो । तर, पछि आपूर्तिकर्ता भारतीय सप्लायर्ससँग मिलेर सोझै खरिद गरेको स्रोतको भनाइ छ । टेन्डर स्वीकृत गरिए पनि फर्मको नाम सार्वजनिक गरिएको छैन । साइकल खरिदको सूचना, मापदण्ड, छनोट भएका सप्लायर्सबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रिया पूरा गरेरै साइकल खरिद भएको दाबी गर्दै आएको छ ।

प्रदेशका छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि यो अभियान २०७५ माघ १ गतेदेखि सञ्चालन भएको हो । अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई उक्त साइकल वितरण गरिएको थियो । तर, मुख्यमन्त्री कार्यालयसँग कुन जिल्लामा कति सामुदायिक विद्यालय र कक्षा ८ मा अध्यनरत छात्राको संख्या कति छ भन्ने तथ्यांक नै छैन । नियमित रूपमा अध्ययन गरेको प्रमाण पुग्ने गरी ३ महिनाको प्रमाणित हाजिरी, ईएमआईएस प्रणालीमा दर्ता भएको रिपोर्ट, जन्मदर्ता प्रमाणपत्रसमेतको आधारमा साइकल वितरण गरिएको कार्यालयले जनाएको छ ।

पहिलो चरणमा खरिद भएको १७ हजार साइकल वितरण भइसकेको छ । दोस्रो चरण किनिएका साइकल गोदाममै छन् । मुख्यमन्त्री कार्यालयका अनुसार सप्तरीका ३३ विद्यालयमा १ हजार ४ वटा, सिरहाका ४० विद्यालयले १ हजार ५ सय ५१, धनुषाका ६९ विद्यालयमा २ हजार ९ सय ६५, महोत्तरीका ५६ विद्यालयमा २ हजार १ सय ९१ वटा साइकल वितरण गरिएको छ । यस्तै, सर्लाहीका ५२ विद्यालयमा २ हजार ३ सय ६६ वटा, रौतहटका ६९ विद्यालयमा २ हजार ८ सय ७४, बाराका ५५ विद्यालयमा १ हजार ६ सय ९९ र पर्सामा २ हजार ३ सय थान साइकल उपलब्ध गराइएको छ ।

शैक्षिक सत्र २०७७ मा कक्षा ८ मा अध्ययनरत छात्रालाई मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो । जिल्ला शिक्षा समन्वय इकाई धनुषाका अनुसार शैक्षिक सत्र २०७७ मा धनुषाका ४ सय ६ सामुदायिक विद्यालयमा १२ हजार ८ सय २७ विद्यार्थीमध्ये छात्रा ६ हजार ४ सय ५५ जना थिए । तर, मुख्यमन्त्री कार्यालयले हालसम्म धनुषाका ६९ विद्यालयका २ हजार ९ सय ६५ छात्रालाई मात्र साइकल दिएको छ ।

मुख्यमन्त्री कार्यालयले विद्यालयले पठाएको विद्यार्थी विवरणअनुसार साइकल उपलब्ध गराउँछन् । प्रदेशस्थित शिक्षा निर्देशनालय, जिल्लास्थित शिक्षा समन्वय इकाइ र स्थानीय तहसँग समन्वय नगरी सोझै विद्यालयलाई साइकल वितरण गर्दा प्रदेश सरकार निकटका राजनीति दलको पहुँच भएका विद्यालयले मात्र साइकल पाएको गुनासो पनि छ । प्रदेश सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका प्रधानध्यापकलाई साथमा ल्याएर मुख्यमन्त्री कार्यालयबाट साइकल बुझ्दै आएका छन् । नीति निर्माण एवं अनुगमनको जिम्मेवारी रहेको निकायले विषयगत मन्त्रालयहरूबाट सम्पादन गरिनुपर्नेका साइकल वितरण लगायतका काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नु उपयुक्त नभएको महालेखा परीक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा पनि उल्लेख छ ।

मुख्यमन्त्री कार्यालयले विद्यालयले बुझेका साइकल विद्यार्थीलाई पाए नपाएको अनुगमन पनि गरेको छैन । आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई मात्र वितरण गरेमा उपलब्ध सीमित स्रोतको न्यायोचित उपयोग हुने महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिइएको छ ।

कान्तिपुर बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!