जनकपुरधाम/असोज १३ गते।जितिया पर्वको अवसरमा प्रदेश सरकारले प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको छ ।
असोज १३ गते बुधबार प्रदेशभरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी मुख्यमन्त्री लालबाबु राउतले असोज ११ गते एक शुभकामना संदेश जारी गरेर गराएका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले ११ गते जारी गरिएको शुभकामना सन्देशमा पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्माबलम्बी मधेसी समुदायका महिलाहरूले मनाउने जितिया व्रतको अवसरमा सम्पूर्ण महिलाहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गर्दै सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका थिए ।
तीन दिनसम्म मनाइने जितिया पर्वको आज मुख्य दिन हो । जितियाको अवसरमा आज गाउँ गाउँमा मेलाको आयोजना गरिएको छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।





















Discussion about this post