सप्तरी/असोज ११ गते। सप्तरीमा जितिया मेलाका लागि हर्न जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
जिल्लाको खडक नगरपालिका वडा-२ बेल्हामा जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको ज्यान गएको हो।
ज्यान जानेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको वडा अध्यक्ष रामअबतार साहले जानकारी दिए । करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै ज्यान गएको साहले बताए ।














Discussion about this post