सिरहा/असोज ७ गते।सिरहामा एक ३३ वर्षीया महिलालाई ब ला त्का र प्रयास गरेको आरोपमा उजुरी परेको छ ।
सिरहाको औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवले ब ला त्का र प्रयास गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पीडित महिलाका अनुसार आरोपितले भदौ ३१ गते ब ला त्का र प्रयास गरेको र गाउँमा नै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढिला भए पनि असोज ४ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको र आरोपित फ रा र रहेकाले खोजतलास भइरहेको बताए ।स्रोत-इन्सेक अनलाईन बाट
















Discussion about this post