जनकपुरधाम/असोज ६ गते । धनुषामा ज व र ज स्ती क र णी गरेको आरोपमा एक जना वृद्ध प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्लाको धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक जना वृद्धलाई बुधबार धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई ज व र ज स्ती क र णी गरेको आरोप लागेको छ ।
धनुषाधाम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले घटना पुरानो भएपनि बाहिर अहिले आएको बताए । उनले मौखिक उजुरीको अधारमा नियन्त्रणमा लिएका जानकारी दिए ।
बालिकाको परिवारले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ । बालिका घाँस काट्न गएको बेला उनले ललाइफकाइ ज व र ज स्ती क र णी गरेको आरोप लागेको छ । ती वृद्धमाथि ज व र ज स्ती क र णी मुद्दा चलाउने तयारी भइहेको छ ।
प्रहरी नियत्रणमा परेका वृद्ध इलाका प्रहरी कार्यालय धनुषाधामको हिरासतमा छ । करिब दुई सातापछि घटनाबाहिर आएकाले मेडिकल रिर्पाटबाट ज व र ज स्ती क र णी गरेको पुष्टि हुन नसक्ने जानकारहरूको भनाइ छ । तर, स्थानीय युवकले प क्रा उ परेका वृद्धले ज व र ज स्ती क र णी गरेको भिडियो मोबाइलमा कैद गरेको बताइएको छ ।स्रोत-बाह्रखरी





















Discussion about this post