धनुषा/असोज ४ गते।धनुषाबाट प्रहरीले ओरकेष्ट्रामा नाच्ने पाँच जना युवक र युवतीरुलाई प क्रा उ गरेको छ ।
गएराती १२ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ एकराहीस्थित मँच बनाएर ओरकेष्ट्रा नचाइरहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले ओरकेष्ट्रा नाच्ने भारतीय युवतिहरुलाई प क्रा उ गरेको हो ।
प क्रा उ पर्नेमा धनुषा विदेह नगरपालिका-७ का २३ वर्षीय श्याम पासवान (उद्घोषक), भारत उत्तरप्रदेश महराजगञ्ज इटहर्वा बस्ने २१ वर्षीय अनुशव मिश्र सोही ठाउँ बस्ने २० वर्षीय डान्सर काजल सहनी,भारत बिहार बेतिया अमोलिया सिङगरीका २५ वर्षीय सुनील पासवान र अमोलिया सिङगरीकी २१ वर्षीया रिनादेवी पासवान रहेकी छिन् ।
स्थानीय रामनारायण मण्डल केवट छोरा सानु मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिइ आरकेष्ट्रा ल्याएर अ श्ली ल भोजपुरी गीतहरु चर्को आवाजमा बजाएको स्थानीयहरुले उजुरी दिएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको टोलीले उनीहरुलाई प क्रा उ गरेको हो ।
साथै आयोजक २५ वर्षीय सानु मण्डल र सञ्चालक ३५ वर्षीय राम मनोहर अधिकारी भने फ रा र रहेको प्रहरीले जनाएको छ ।
प क्रा उ परेका उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।





















Discussion about this post